काठमाडौं । वाणिज्य बैंकहरूको प्रमुख कार्यकारी अधिकृत सीईओ जागिर आकर्षक मानिन्छ । बैंक तथा वित्तीय संस्था मर्जर प्राप्ती पछि नाम चलेका स्थापित सीईओहरूको समेत जागिर गएको छ । यो क्षेत्रको जागिरमा टिक्न नसकेपछि कतिपय सीईओहरूले आफ्नो पेश नै परिवर्तन गरेका छन् भने कतिपयले अवसर कुरिरहेका छन् ।
अहिले कै अवस्थामा ४ वटा वाणिज्य बैंकमा बैंक सम्हाल्ने प्रमुख कार्यकारी अधिकृत छनन् भने ३ वटा बैंकमा अब छिट्टै सीईओ खाली हुँदैछ । कुमारी, सेन्चुरी कमर्सियल, सिद्धार्थ र बैंक अफ काठमान्डु (बेओके) मा सीईओ खाली छ ।
बैंकमा सीईओ खाली हुँदा सञ्चालक बैंक सञ्चालक समितिहरूले डेपुटी सीईओलाई निमित्त दिएर बैंक चलाइरहेका छन् । नोपल राष्ट्र बैंकले ३ महिनासम्म निमित्तकै भरमा बैंक चलाउन सक्ने नीतिगत सुविधा दिएकाले सञ्चालक समितिले त्यसैमा टेकेर बैंक सञ्चालन गरिरहेका हुन् । यी चारै बैंकले प्रमुख कार्यकारी अधिकृत खोजिरहेको भएपनि नियुक्त भने गरेका छैनन् ।
अबको केहि महिनामै ३ बैंकमा सीईओ खाली हुँदैन । नेपाल बंगलादेश बैंकमा पनि अबको २ महिनामा सीईओ खाली हुने भएको छ । सीईओ ज्ञानेन्द्रप्रसाद ढुंगानाको यहि पुसमा ४ वर्षे कार्यकाल सकिदैछ । सीईओ ढुंगाना २०७४ मा बंगलादेश बैंकको सीईओमा नियुक्त भएका थिए ।
सानिमा बैंकका सीईओ भुवनप्रसाद दाहाल दुई कार्यकाल पूरा हुँदैछ । पछिल्लो पटक २०७४ कात्तिक २७ मा दाहाल सानिमामा सीईओ भएका थिए । सानिमामा नयाँ सीईओको खोजी सुरु भैसकेको छ ।
२०७५ असार ७ मा नबिल बैंकका सीईओ नियुक्त अनिल केशरी शाहको ४ वर्षे कार्यकाल समाप्त हुँदैछ । नबिल बैंक सञ्चालक समिति उनीप्रति सकारात्मक भएकाले शाहलाई थप एक कार्यकाल थप्न सक्ने सम्भावना छ ।