नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको ३ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडको संस्थापक सेयर बिक्रीमा राखिएको छ । बैंकको विभिन्न ६ जना संस्थापक सेयरधनीको नाममा रहेको ३ लाख ८ हजार ९२० कित्ता सेयर बिक्रीमा राखिएको हो ।

उक्त सेयरमा हाल विद्यमान संस्थापक सेयरधनीले मात्रै खरिद आवेदन दिन पाउनेछन् । सेयर खरिद गर्न इच्छुक सेयरधनीले आवश्यक कागजात सहित ३५ दिनभित्र बिक्री गर्न चाहेको सेयरको रकम समेत खुलाई बैंकको सेयर शाखा लाजिम्पाट, काठमाडौंमा आवेदन दिनुपर्नेछ ।

साथै, तोकिएको समयभित्र संस्थापक शेयरधनीबाट खरिद आवेदन नपरेको खण्डमा सो सेयर अन्य व्यक्ति वा संस्थालाई बिक्री गर्न प्रक्रिया अघि बढाइने बैंकले जनाएको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स