वैशाख महिनाका लागि १३ वटा वाणिज्य बैंकहरुले घटाए ब्याजदर , कुनको कति पुग्यो ?

काठमाडौं । वैशाख महिनाका लागि १३ वटा वाणिज्य बैंकहरुले मुद्दती निक्षेपको ब्याजदर घटाएका छन् । वैशाख १ गतेदेखि लागू हुनेगरि १३ वटा बैंकले व्यक्तिगत निक्षेपतर्फको ब्याजदर घटाएका हुन्।

हाल संचालनमा रहेका २० वटा वाणिज्य बैंकमध्ये १३ वटाले ब्याजदर घटाएका छन्, दुई बैंकले बढाएका छन् भने ५ वटा बैंककको भने स्थिर अवस्थामा रहेको छ ।

पछिल्लो समय तरलता सहज हुँदै गएपछि निरन्तर ब्याजदर घटाउँदै आएका वाणिज्य बैंकहरूले वैशाखमा पनि घटाएका हुन् ।

बैंकहरूले सार्वजनिक गरेको ब्याचदर अनुसार मुद्दती निक्षेपमा औसत व्यक्तिगततर्फ ०.१ प्रतिशत घटेर औसत ७.१ प्रतिशतमा झरेको छ भने संस्थागततर्फ भने ०.१५ प्रतिशत घटेर ५.९ प्रतिशतमा झरेको छ । यसअघि चैतमा औसत ब्याचदर व्यक्तिगततर्फ ७.२५ प्रतिशत थियो भनेर संस्थागततर्फ ६.०५ प्रतिशत थियो ।

ब्याचदर घटाउने १३ बैंक

एनआईसी एशिया बैंक
बैंकले वैशाख महिनाका लागि व्यक्तिगततर्फ ०.८ प्रतिशत घटाएर ७.७५० प्रतिशत र संस्थागततर्फ ०.८४८ प्रतिशत घटाएर ६.७० प्रतिशत ब्याजदर तोकेको छ । यसअघि चैतमा बैंकले व्यक्तिगततर्फ ८.५४८ प्रतिशत र संस्थागततर्फ ५.५४८ प्रतिशत व्याजदर तोकेको थियो ।

ग्लोबल आइएमई बैंक
बैंकले व्यक्तिगततर्फ ०.६ प्रतिशतले घटाएर ७ प्रतिशत र संस्थागततर्फ ६ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । चैतमा बैंकले व्यक्तिगततर्फ ७.६ प्रतिशत र संस्थागततर्फ ६.६० प्रतिशत ब्याजदर तोकेको थियो ।

सिटिजन्स बैंक
बैंकले व्यक्तिगततर्फ ०.२५ प्रतिशत घटाएर ७.५ प्रतिशत र संस्थागततर्फ ६.५ प्रतिशत ब्याजदर तोकेको छ । चैतमा बैंकले व्यक्तिगततर्फ ७.७५ प्रतिशत र संस्थागततर्फ ६.५ प्रतिशत ब्याजदर तोकेको थियो ।

लक्ष्मी सनराइज बैंक
बेंकले व्यक्तिगततर्फ ०.५० प्रतिशत घटाएर ७ प्रतिशत र संस्थागततर्फ ६ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । यसअघि चैतमा बैंकले व्यक्तिगततर्फ ७.५ प्रतिशत र संस्थागततर्फ ६.५ प्रतिशत ब्याजदर निर्धारण गरेको थियो ।

प्राइम बैंक
बेंकले व्यक्तिगततर्फ ०.१५ प्रतिशत व्याजदर घटाएर ७.१ प्रतिशत तोकेको छ भने संस्थागततर्फ ६.१ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । यसअघि चैतमा बेंकले संस्थागततर्फ ७.२५ प्रतिशत र व्यक्तिगततर्फ ६.२५ प्रतिशत ब्याजदर निर्धारण गरेको थियो ।

सानिमा बैंक
बेंकले व्यक्तिगततर्फ ०.१५ प्रतिशत व्याजदर घटाएर ७.१० प्रतिशत र संस्थागततर्फ ६.१० प्रतिशत ब्याजदर निर्धारण गरेको छ । बैंकले चैतमा व्यक्तिगततर्फ ७.२५ प्रतिशत र संस्थागततर्फ ६.२५ प्रतिशत ब्याजदर निर्धारण थियो ।

प्रभु बैंक
बेंकले व्यक्तिगततर्फ ०.५ प्रतिशत घटाएर ७ प्रतिशत र संस्थागततर्फ ६.५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । बेंकले चैतमा व्यक्तिगततर्फ ७.५ प्रतिशत र संस्थागततर्फ ६.५ प्रतिशत ब्याजदर तोकेको थियो ।

नेपाल एसबिआई बैंक
बेंकले ०.४८ प्रतिशत घटाएर व्यक्तिगततर्फ ६.५३ प्रतिशत र संस्थागततर्फ ५.५३ प्रतिशत ब्याजदर तोकेको छ । बैंकले चैतमा व्यक्तिगततर्फ ७.०१ प्रतिशत र संस्थागततर्फ ६.०१ प्रतिशत ब्याजदर तोकेको थियो ।

कुमारी बैंक
बैंकले ०.२५ प्रतिशत व्याजदर घटाएर व्यक्तिगततर्फ ७.२६ प्रतिशत र संस्थागततर्फ ६.२६ प्रतिशत ब्याजदर  तोकेको छ । यसअघि चैतमा व्यक्तिगततर्फ ७.५१ प्रतिशत र संस्थागततर्फ ६.५१ प्रतिशत ब्याजदर निर्धारण गरेको थियो ।

राष्ट्रिय वाणिज्य बैंक
बैंकले व्यक्तिगततर्फ ०.४५ प्रतिशत घटाएर ६.५५ प्रतिशत र संस्थागततर्फ ५.३५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । यसअघि चैतमा बैंकले व्यक्तिगततर्फ ७ प्रतिशत र संस्थागततर्फ ५.३५ प्रतिशत ब्याजदर निर्धारण थियो ।

नेपाल बैंक
बैंकले ०.२५ प्रतिशत घटाएर व्यक्तिगततर्फ ६.७५ प्रतिशत र संस्थागततर्फ ४.७५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । चैतमा बैंकले व्यक्तिगततर्फ ७ प्रतिशत र संस्थागततर्फ ५ प्रतिशत ब्याजदर तोकेको थियो ।

माछापुच्छ्रे बैंक
बैंकले ०.५ प्रतिशत घटाएर व्यक्तिगततर्फ ७.२५ प्रतिशत र संस्थागततर्फ ५.५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । चैतमा बैंकले व्यक्तिगततर्फ ७.२५ प्रतिशत र संस्थागततर्फ ६ प्रतिशत ब्याजदर निर्धारण गरेको थियो ।

सिद्धार्थ बैंक
बैंकले व्यक्तिगततर्फ ०.२५ प्रतिशत घटाएर ७.२५ प्रतिशत र संस्थागततर्फ ०.५ प्रतिशत घटाएर ६ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । यसअघि चैतमा बैंकले व्यक्तिगततर्फ ७.५ प्रतिशत र संस्थागततर्फ ६५ प्रतिशत ब्याजदर तोकेको थियो ।

व्याजदर बढाउने दुई बैंक

एभरेष्ट बैंक
बैंकले व्यक्तिगततर्फ ०.५ प्रतिशत व्याजदर बढाएर ७ प्रतिशत र संस्थागततर्फ ६ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । यसअघि चैतमा बैंकले व्यक्तिगततर्फ ६.५ प्रतिशत र संस्थागततर्फ ५.५ प्रतिशत ब्याजदर निर्धारण गरेको थियो ।

एनएमबि बैंक
बैंकले व्यक्तिगततर्फ ०.९७ प्रतिशत बढाएर ७.९७ प्रतिशत र संस्थागततर्फ ६.९७ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । बैंकले चैतमा व्यक्तिगततर्फ ७ प्रतिशत र संस्थागततर्फ ६ प्रतिशत ब्याजदर तोकेको थियो ।

ब्याजदर स्थिर राख्ने ५ बैंक

नबिल बैंक
बैंकको व्यक्तिगततर्फ ७.२५ प्रतिशत र संस्थागततर्फ ६.२५ प्रतिशतनै कायम रहेको छ ।

कृषि विकास बैंक
बैंकको व्यक्तिगततर्फ ५.६६६१ प्रतिशत र संस्थागततर्फ ४.५१ प्रतिशत

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक

बैंकको व्यक्तिगततर्फ ७ प्रतिशत र संस्थागततर्फ ६ प्रतिशत

स्ट्याण्डर्ड चार्टर्ड बैंक

बैंकको व्यक्तिगततर्फ ७ प्रतिशत र संस्थागततर्फ ५.२५ प्रतिशत

हिमालयन बैंक

बैंकको व्यक्तिगततर्फ ७.५ प्रतिशत र संस्थागततर्फ ६ प्रतिशतनै कायम रहेको छ ।

यी बैंकहरूले चैतमा पनि सोही ब्याजदरनै तोकेका थिए ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स