८ महिनामा विकास बैंकहरुको नाफा ३ अर्ब ५१ करोड, मुक्तिनाथ विकास बैंक अग्रस्थानमा रहँदा ४ वटा बैंक भने घाटामा

काठमाडौं । चालु आर्थिक वर्षको ८ महिनामा विकास बैंकहरुले ३ अर्ब ५१ करोड खुद नाफा आर्जन गरेका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको फागुन मसान्तसम्मको तथ्यांक अनुसार विकास बैंकहरुले ३ अर्ब ५१ करोड १७ लाख रुपैयाँ खुद आर्जन गर्न सफल भएका हुन् ।

८ महिनामा १७ वटा विकास बैंक मध्ये १३ वटा बैंकहरुले नाफा कमाउन सफल भएका छन् भने ४ वटा बैंकहरुले घाटा व्योहोरेका छन् ।

जसमा सबैभन्दा धेरै नाफा कमाउने बैंकमा मुक्तिनाथ विकास बैंक रहेको छ । बैंकले ८ महिनामा ६५ करोड ९९ लाख रूपैयाँ खुद नाफा आर्जन गरेको छ । त्यस्तै, दोस्रोमा गरिमा विकास बैंकले ६५ करोड २२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

साईन रेसुंगा डेभलपमेन्ट बैंकले ५२ करोड २७ लाख, महालक्ष्मी विकास बैंकले ४० करोड ७ लाख, कामना सेवा विकास बैंकले ३८ करोड १५ लाख र लुम्बिनी डेभलपमेन्ट बैंकले २७ करोड ९७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन् ।

ज्योति विकास बैंकले २५ करोड ७७ लाख रुपैयाँ र सांग्रिला डेभलपमेन्ट बैंकले २१ करोड ४९ लाख रुपैयाँ नाफा कमाएको छ ।

कर्णाली डेभलपमेन्ट बैंकले ४ करोड ५४ लाख, मितेरी डेभलपमेन्ट बैैंकले ४ करोड २ लाख रुपैयाँ, सिन्धु विकास बैंकले २ करोड, ग्रिन डेभलपमेन्ट बैंकले १ करोड ९४ लाख रुपैयाँ, कर्पोरेट डेभलपमेन्ट बैंकले १ करोड २५ लाख रुपैयाँ नाफा आर्जन गरेका छन् ।

त्यस्तै , समिक्षा अवधिमा ४ वटा विकास बैंकले घाटा व्योहोरेका छन् ।

जसमा एक्सेल डेभलपमेन्ट बैंक २४ करोड ३० लाख रुपैयाँले घाटामा रहेको छ ।

त्यसैगरि, सप्तकोसी डेभलपमेन्ट बैंक १३ करोड ६२ लाख रुपैयाँ, नारायणी डेभलपमेन्ट बैंक ७४ लाख र साल्पा विकास बैंक २५ लाख रुपैयाँले घाटामा रहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स