८ महिनामा बैंक तथा वित्तीय संस्थाको नाफा साढे ४६ अर्ब, पहिलो नबिल बन्दा दोस्रोमा ग्लोबल (सूचीसहित)

काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो चौमास फागुनमसान्तसम्म बैंक तथा वित्तीय संस्थाकोे नाफा ४६ अबए ३८ करोड रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा बैंक तथा वित्तीय संस्थाहरूले ५३ अर्ब ५९ करोड रुपैयाँ खुद नाफा कमाएका थिए । माघ महिनासम्म बैंक तथा वित्तीय संस्थाहरूको यस्तो नाफा ३८ अर्ब ८० करोड रुपैयाँ थियो ।

बैंक तथा वित्तीय संस्थाले गरेको नाफामध्ये ४२ अर्ब ३० करोड रुपैयाँ वाणिज्य बैंकहरूले गरेको व्यवसायबाट कमाएको नाफा हो । देशमा सञ्चालित वाणिज्य बैंकहरू गत आवको सोही अवधिमा ४८ अ र्ब ८३ करोड रुपैयाँ नाफा कमाएका थिए ।
चालु आवकोगत माघ महिनासमम्म ३५ अर्ब १४ करोड रुपैयाँ नाफा कमाएका थिए ।
फागुनमसान्तसम्म विकासहरूले ३ अर्ब ५१ करोड रुपैयाँ नाफा आर्जन गरेका छन् । गत आवको सो अवधिमा विकास बैंकहरूले ३ अर्ब ७८ करोड रुपैयाँ नाफा कमाएका थिए भने फाइनान्स कम्पनीको नाफा ५६ करोड रुपैयाँ रहेको छ । गत आवको समीक्षा अवधिमा फाइनान्स कम्पनीहरूले ९८ करोड रुपैयाँ आर्जन गरेका थिए ।

नबिलको नाफा ४अर्ब ७२ करोड
चालु आवको फागुन महिनासम्म नबिल बैंकले ४ अर्ब ७२ करोड रुपैयाँ नाफा कमाएर नाफा कमाउने पहिलो बैंक बनेको छ भने बढी नाफा कमाउने दोस्रो बैंक ग्लोबल आईएमई बैंक बनेको छ । बैंकले यो अवधिमा ३ अर्ब ४३ करोड रुपैयाँ नाफा कमाएको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स