काठमाडौं । आज बुधबार विदेशी मुद्राहरुको विनियमदर अमेरिकी डलरको मूल्य यथावत रहेपनि अन्यको बढेको छ । नेपाल राष्ट्र बैंकले आज अमेरिकी डलरको मूल्य यथावत रहँदा युरो, पाउन्ड, दिनारसहित धेरैजसो विदेशी मुद्राको मूल्य बढेको छ ।
अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ ०१ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६१ पैसा निर्धारण भएको छ । हिजो पनि अमेरिकी डलर यही मूल्यमा कारोबार भएको थियो।
युरोपियन युरो १ को खरिदर १४४ रुपैयाँ ५६ पैसा र बिक्रीदर १४५ रुपैयाँ २१ पैसा निर्धारण भएको छ। हिजो युरो १ को खरिदर १४४ रुपैयाँ ०१ पैसा र बिक्रीदर १४४ रुपैयाँ ६६ पैसा थियो।
आज बेलायती पाउन्ड १ को खरिददर १६८ रुपैयाँ ७४ पैसा र बिक्रीदर १६९ रुपैयाँ ५० पैसा निर्धारण भएको छ । हिजो पाउन्ड १ को खरिददर १६७ रुपैयाँ ९३ पैसा र बिक्रीदर १६८ रुपैयाँ ६८ पैसा थियो।
अस्ट्रेलियन डलर १ को खरिददर ८८ रुपैयाँ ११ पैसा र बिक्रीदर ८८ रुपैयाँ ५० पैसा निर्धारण भएको छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैयाँ ६३ पैसा र बिक्रीदर ८८ रुपैयाँ ०२ पैसा थियो।
आज कुवेती दिनार १ को खरिददर ४३२ रुपैयाँ ६८ पैसा र बिक्रीदर ४३४ रुपैयाँ ६३ पैसा निर्धारण भएको छ। हिजो कुवेती दिनार १ को खरिददर ४३२ रुपैयाँ ४७ पैसा र बिक्रीदर ४३४ रुपैयाँ ४२पैसा थियो।
बहराइन दिनारको खरिददर ३५२ रुपैयाँ ७९ पैसा र बिक्रीदर ३५४ रुपैयाँ ३८ पैसा निर्धारण भएको छ। हिजो बहराइन दिनारको खरिददर ३५२ रुपैयाँ ८० पैसा र बिक्रीदर ३५४ रुपैयाँ ३९ पैसा थियो ।