प्रभु बैंकले बोलायो साधारण सभा, यस्ता छन् एजेण्डा

काठमाडौं । प्रभु बैंक लिमिटेडले बैशाख २० गते बिहीबार वार्षिक साधारणसभा बोलाएको छ । बैंकले आफ्नो केन्द्रिय कार्यालय, बबरमहल, काठमाडौंमा २२ औं वार्षिक साधारण सभा बोलाएको हो । सो सभा बिहान १० बजे सुरु हुनेछ ।

सभाले गत आर्थिक वर्षको वित्तीय विवरण पारित गर्ने लेखापरीक्षक नियुक्त गर्ने, सञ्चालकहरुको नियुक्ति अनुमोदन गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ ।

साधारण सभा प्रयोजनार्थ बैंकले बैशाख ४ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ । यस अनुसार बैशाख ३ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले बैंकको साधारण सभामा सहभागिता जनाउन सक्नेछन् ।

सभामा लेखापरीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०७९/८० को वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण लगायतका अनुसूचीहरू पारित गरिनुका साथै चालु आर्थिक वर्ष २०८०/८१ का लागि लेखापरीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव र सञ्चालकहरूको नियुक्ती अनुमोदन तथा जानकारी सम्बन्धमा प्रस्ताव पारित गरिनेछ ।

सभामा बैंकको सहायक कम्पनी प्रभु क्यापिटल र प्रभु स्टक मार्केट लिमिटेडको गत आर्थिक वर्ष २०७९/८० को वित्तीय विवरणसहितको एकीकृत वित्तीय विवरणमाथि छलफल गरी पारित गरिनेछ ।

साधारण सभा प्रयोजनका लागि बैंकले वैशाख ४ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । वैशाख ३ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरू मात्रै सभामा सहभागी हुन योग्य हुनेछन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स