अमेरिकी डलरको मूल्य बढ्दा अन्यको विनिमयदर कति ?

काठमाडौं । आज मंगलबार अमेरिकी डलरको मूल्य बढ्दा अन्य विदेशी मुद्राहरुको विनियमदर घटेको छ । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलरको मूल्य बढ्दा युरो, पाउन्डसहित धेरैजसो विदेशी मुद्राको मूल्य घटेको छ ।

आज अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ ०१ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६१ पैसा कायम भएको छ । विगत तीन दिनदेखि स्थिर रहेको अमेरिकी डलरको मूल्य आज वृद्धि भएको हो।

तीन दिनदेखि अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ ९८ पैसा र बिक्रीदर १३३ रुपैयाँ ५८ पैसा थियो।

युरोपियन युरो १ को खरिदर १४४ रुपैयाँ ०१ पैसा र बिक्रीदर १४४ रुपैयाँ ६६ पैसा निर्धारण भएको छ । हिजो युरो १ को खरिदर १४४ रुपैयाँ ११ पैसा र बिक्रीदर १४४ रुपैयाँ ७६ पैसा थियो।

आज बेलायती पाउन्ड १ को खरिददर १६७ रुपैयाँ ९३ पैसा र बिक्रीदर १६८ रुपैयाँ ६८ पैसा निर्धारण भएको छ । हिजो पाउन्ड १ को खरिददर १६८ रुपैयाँ ०६ पैसा र बिक्रीदर १६८ रुपैयाँ ८२ पैसा थियो ।

अस्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैयाँ ६३ पैसा र बिक्रीदर ८८ रुपैयाँ ०२ पैसा निर्धारण भएको छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैयाँ ४९ पैसा र बिक्रीदर ८७ रुपैयाँ ८८ पैसा थियो ।

कुवेती दिनार १ को खरिददर ४३२ रुपैयाँ ४७ पैसा र बिक्रीदर ४३४ रुपैयाँ ४२पैसा निर्धारण भएको छ। हिजो कुवेती दिनार १ को खरिददर ४३२ रुपैयाँ ४६ पैसा र बिक्रीदर ४३४ रुपैयाँ ४१ पैसा थियो।

बहराइन दिनारको खरिददर ३५२ रुपैयाँ ८० पैसा र बिक्रीदर ३५४ रुपैयाँ ३९ पैसा निर्धारण भएको छ । हिजो बहराइन दिनारको खरिददर ३५२ रुपैयाँ ७३ पैसा र बिक्रीदर ३५४ रुपैयाँ ३२ पैसा थियो।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स