स्ट्याण्डर्ड चार्टर्ड बैंकको नयाँ शाखा धरानमा

काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडले धरानमा नयाँ शाखाको उद्घाटन गरेको छ । बैंकले आज चैत २५ गते धरानको मुकुम्लुङ कम्प्लेक्स रामाइलो चोकमा उक्त शाखाको उद्घाटन गरेको हो ।

उक्त शाखाको उद्घाटन नेपाल राष्ट्र बैंक विराटनगर कार्यालयका निर्देशक इन्द्र चाम्लागाई मैनाली,भेट्रान सर्भिसेस ब्रिटीस गोर्खा नोपलका रिटायर्ड मेजर मान ब।गुरुङ र स्ट्याण्डर्ड चाटर्ड बैंकको डीसीईओ गोरख रानाले संयुक्त रुपमा गरेका हुन् ।

नयाँ शाखाले परिष्कृत व्यक्तिगत र ग्राहक केन्द्रित अनुभवहरूको साथ बैंकिङको अन्तरक्रियात्मक रूपहरु अफर गरेको बैंकले जनाएको छ । शाखा कार्यालयमा पर्याप्त पार्किङ र एटीएम सुविधा रहेको बैंकले जनाएको छ ।

बैठक कोठा र प्रतीक्षा लाउन्ज सहित प्राथमिकता बैंकिंग ग्राहकहरुको लागि पनि व्यवस्था गरिएको छ । उक्त शाखा कार्यालय स्ट्यान्डर्ड चार्टर्ड बैंकको विश्वव्यापी मापदण्ड अनुसार नयाँ डिजाइनहरू गरिएको र यसले कर्मचारीहरुलाई नयाँ तरिकाले काम गर्न प्रेरित गर्ने बैंकले जनाएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स