यस्तो छ आज अमेरिकी डलरसहित विदेशी मुद्राको विनियम दर

काठमाडौं । आज आइतबार विदेशी मुद्राहरुको विनियमदर प्राय स्थिर राखेको छ । नेपाल राष्ट्र बैंकले आज अमेरिकी डलर, युरो, पाउन्ड, दिनार, अस्ट्रेलियन डलरसहित धेरैजसो विदेशी मुद्राको मूल्य हिजोको मूल्यमा घटवढ भएको छैन।

आजको लागि अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ ९८ पैसा र बिक्रीदर १३३ रुपैयाँ ५८ पैसा निर्धारण भएको छ। हिजो पनि अमेरिकी डलर यही मूल्यमा कारोबार भएको थियो।

युरोपियन युरो १ को खरिदर १४४ रुपैयाँ १० पैसा र बिक्रीदर १४४ रुपैयाँ ७५ पैसा निर्धारण भएको छ। हिजो पनि युरो यही मूल्यमा कारोबार भएको थियो।

आज बेलायती पाउन्ड १ को खरिददर १६७ रुपैयाँ ९६ पैसा र बिक्रीदर १६८ रुपैयाँ ७२ पैसा निर्धारण भएको छ । अस्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैयाँ ५७ पैसा र बिक्रीदर ८७ रुपैयाँ ९६ पैसा निर्धारण भएको छ।

आज कुवेती दिनार १ को खरिददर ४३२ रुपैयाँ ४७ पैसा र बिक्रीदर ४३४ रुपैयाँ ४२ पैसा निर्धारण भएको छ । बहराइन दिनारको खरिददर ३५२ रुपैयाँ ७१ पैसा र बिक्रीदर ३५४ रुपैयाँ ३० पैसा निर्धारण भएको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स