काठमाडौं । बैंकहरूले सुस्ताएको अर्थतन्त्रलाई चलायमान बनाउने सबै भन्दा गतिलो र बलियो अस्त्रको रुममा घर कर्जालाई लिएका छन् । घर कर्जाले बजारमा माग बढाउने भन्दै बैंकहरूले घर कर्जालाई बढी फोकस गरेका हुन् । ढुंगा गिट्टीदेखि सिमेन्ट, डण्डी रंगरोगन, ज्याला मजदुरी गर्नेसम्मको हातमा पैसा जाने भएकोले बजार चलायमान बनाउने गतिलो अस्त्रको रुपमा बैंकहरूले घर कर्जालाई लिएका छन् ।
मानिसहरूको पहिलो आवश्यकताको रुपमा रहेको घरलाई फोकस गर्दा शिथिल बनेको अर्थतन्त्र चलायमान बनाउन सघाउनुका साथै घर कर्जाको लागि लिएको ऋण समयमै तिर्ने भएको पनि लागनी जोखिममा नपर्ने भन्दै बैंकहरूले यस्तो प्रकृतिको कर्जामा बढी फोकस गरेका हुन् । सोही कारण अधिकांश बैंकहरूले एकल अंकमै घर कर्जा उपलब्ध गराउन थालेका छन् ।
१. नबिल बैंक
नबिल आवास कर्जाले तपाइँको आफ्नो घर बनाउने र आफ्नै घरमा सर्ने सपना छिटो र सजिलै साकार पार्नेछ भन्दै बैकले नयाँ प्रडक्ट घर कर्जा सार्वजनिक गरेको छ । बैंकले आकर्षक तथा प्रतिस्पर्धी व्याजदरमा पाँच करोड रुपैयाँ कर्जा दिने व्यवस्था गरेको छ । यो सुविधा ३५ वर्षसम्मको लागि रहेको छ । यो मासिक किस्ता (इएमआई) मा आधारित कर्जा हो । यदि आवश्यकता अनुसार जग्गा खरिद गर्न ५ करोड रुपैयाँ ३५ वर्षसम्मको लागि लिन सकिने छ भने जग्गा तथा भवन खरीद गर्न ३ करोड ३५ वर्षको लागि लिने सकिन्छ । बैंकले पहिलो पटक घर खरिद गर्नको लागि बैंकले १.५० करोड ३५ वर्षको लागि मूल्यको ७० प्रतिशतसम्म कर्जा दिने व्यवस्था गरेको छ ।
त्यसैगरी विस्तार पुर्नस्थापनको लागि १ करोड २० वर्षको लागि एफएमभीको ६० प्रतिशतसम्म लोन लिन सकिनेछ । काठमाडौं उपत्यकाको हकमा एफएमभीको ५० प्रतिशत र सम्पत्तिको ८० प्रतिशतमा रिफइनान्स गर्नको लागि ५ करोड ३५ वर्ष भित्र चुक्त गर्नुपर्ने गरी बैंकले कर्जा प्रदान गर्दछ । भविष्यमा घर निर्माणका लागि चाहिने जग्गा खरिद होस् या घर खरिद होस्, आफ्ना ग्राहकको आर्थिक आवश्यकता पूरा गर्न विषयगत ज्ञान भएका र व्यक्तिगत परामर्श दिन सक्ने शाखाका अधिकृतहरूसँग सम्पर्क गरि आफ्नो सपना साकार पार्न यो नयाँ प्रडक्ट ल्याएको हो ।
२.नेपाल इन्भेष्टमेन्ट मेगा बैंक
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले आर्थिक अवस्था कमजोर भएका आमनारिकहरूको लागि घर कर्जाको योजना ल्याएको छ । बैंकले ग्राहकहरूले घर निमार्ण गर्न जग्गा खरिद गर्न वा अपार्टमेन्ट खरिद गर्नलाई सहज होस भनी नयाँ प्रडक्ट सार्वजनिक गरेको हो । बैंकले १ करोड ५० लाख रुपैयाँको घर कर्जा ल्याएको हो । बैंकबाट लिएको उक्त कर्जा ३० वर्ष भित्र चुक्त गर्नुपर्ने हुन्छ । पहिलो पटक आवास खरिद गर्नको लागि २० लाख रुपैयाँ भन्दा माथि लोन आवश्यक परेको खण्डामा अधिकतमा ७० प्रतिशतसम्म लोन लिन सकिनेछ । त्यसैगरी बैंकले घर जग्गा खरिद गर्न २० लाख रुपैयाँ भन्दा माथि अधिकतम ५० प्रतिशत बजार मूल्यको आधारमा नेपाल राष्ट्र बैंकले निर्देशन दिए बमोजिम कर्जा प्रदान गर्ने प्रतिवद्धता जानाएको छ ।
३. एभरेष्ट बैंक
एभरेष्ट बैंकले फिक्स रेटमा २ करोड रुपैयाँ लिन चाहनेको लागि १०.९९ प्रतिशमा घर कर्जाको आयोजनाको योजना सार्वजनिक गरेको छ । बैंकले घरभाडामा भन्दा बैंकका किस्ता सस्तो भएपछि अब भाडामा होइन आफ्नै घरको किस्ता बुझउने भन्दै आकर्षक ब्याजदरमा २५ वर्षसम्मको लागि सरल र मासिक किस्ता यो सुविधा ल्याएको हो । बैंकबाट २ करोड भन्दा बढि कर्जा लिएका सात वर्षको लागि ११.९९ प्रतिशत ब्याजदरमा लोन लिन सकिन्छ भने बैंकले बेसरेटमा १.५० प्रतिशतदेखि ३.५० प्रतिशसम्मा कर्जा प्रदान गर्ने प्रतिवद्धता जनाएको छ ।
४.एनआईसी एशिया बैंक
एनआईसी एशिया बैंकले आकर्षक ब्यादरमा घर कर्जाको योजना ल्याएको छ । बैंकले ११.९९ प्रतिशत स्तिर ब्याजदरमा घर कर्जा सार्वजनिक गरेको हो । बैंकले व्यक्तिगत वा पारिवारिक प्रयोजनको लागि जग्गा वा घरजग्गा, घर निर्माण गर्न, घरको पुनर्निर्माण गर्नका स्रोत पुरा गर्न यो घर कर्जा योजना ल्याएको हो । यो कर्जा अन्तर्गत न्यूनतम २.५ लाख रुपैयाँ र अधिकतम ८० लाखदेखि १ करोड २० लाख रुपैयाँसम्म कर्जा लिन सकिने व्यवस्था छ ।
बैंकबाट लिएको उक्त ऋण न्यूनतम ५ देखि अधिकतम २५ वर्ष भित्र सावा र ब्याज सहित चुक्त गर्नुपर्ने हुन्छ । बैंकले घर कर्जा बेसरेटमा १.८१ प्रतिशत प्रिमियम थप गरेर ऋण दिने प्रतिवद्धता जनाएको छ । बैंक पहिलो पटक घर खरिद गर्नको लागि वा घर निर्माणको लागि २० लाख भन्दा बढि ७० प्रतिशत बजार मूल्यको आधारमा कर्जा उपलब्ध गराउने प्रतिवद्धता जनाएको छ ।
५. माछापुच्छ्रे बैंक
माछापुच्छ्रे बैंकले एमबीएल सजिलो घर कर्जा ल्याएको छ । बैंकले व्यक्तिगत वा पारिवारिक प्रयोजनको लागि जग्गा वा घर खरीद गर्न, घर निर्माण गर्न, घरको पुनर्निर्माण गर्न वा घरमा तल्ला थप गर्न आवश्यक पर्ने आर्थिक आवश्यकता पुरा गर्न यो योजना ल्याएको हो । बैंकबाट वर्षौ देखिको आफ्नो सुन्दर घर बनाउने सपना पुरा गर्न ५ लाखदेखि ५ करोड रुपैयाँ सम्म यो कर्जा ऋण लिन सकिन्छ ।
व्यक्तिगत वा पारिवारिक प्रयोजनको आर्थिक आयश्यकता पुरा गर्न २ करोड रुपैयाँ कर्जा लिने ग्राहकको लागि ०.५० प्रतिशत देखि २.५० प्रतिशत र २ करोड भन्दा बढी लोन लिनेकोे लागि बेसरेटमा १ प्रतिशतदेखि ३ प्रतिशत प्रिमियम थपेर कर्जा प्रदान गर्ने बैंकले जनाएको छ । बैंकबाट लिएको उक्त कर्जा सावा र ब्याज सहित १२ महिनाको ग्रेस अवधि सहित भुक्तानी अवधि अधिकतम २५ वर्षसम्म चुक्ता गरिसक्नुपर्ने हुल्छ ।
६.कुमारी बैंक
कुमारी बैंकले आफ्ना ग्राहकको लागि आकर्षक ब्याजदरमा नयाँ प्रडक्ट घर कर्जा योजना सार्वजनिक गरेको छ । बैंकले काठमाडौं उपत्यका भित्र आवसीय भवन, घर जग्गा खरिद गर्न अपार्टमेन्ट खरिद, मर्मत सम्भार तथा विस्तार गर्नलाई यो घर कर्जाको योजना ल्याएको हो । बैंकले ल्याएको यो सुविधामा काठमाडौं उपत्यका भित्र खरिद वा निर्माण गर्नको लागि ४० प्रतिशत र उपत्यका बाहिरा खरिद वा निर्माण गर्न ५० प्रतिशत कायम हुनेगरी नयाँ घर कर्जा योजना ल्याएको हो । बैंकले बेसरेटमा ०.५० प्रतिशतदेखि २.५० प्रतिशसम्म कर्जा प्रदान गर्ने लागेको हो ।
बैंकले ल्याएको यो नयाँ योजनामा आवसीय घर निर्माण गर्न काठमाडौं उपत्यका भित्र ५० प्रतिशत र उपत्यका बाहिरा ६० प्रतिशत कायम हुर्ने गरी यस्तो कर्जा लिन सकिने व्यवस्था बैंकले प्रतिवद्धता गरेको छ । बैकबाट लिएको उक्त ऋण ३० वर्ष भित्र साँवा ब्याजसहित चुक्त गर्नुपर्ने हुन्छ ।
७. हिमालयन बैंक
आर्थिक अवस्था कमजोर भएका आम नागरिकहरूको इच्छा पुरा गर्न हिमालयन बैंकले नयाँ आकर्षक ब्याजदरमा घर कर्जाको सुविधा ल्याएको छ । बैंकले आर्थिक अवस्था कमजोर भएका ग्राहकलाई ढुक्कका साथ घर जग्गा खरिद निमार्ण गर्नलाई न्युन्तम ५ लाखदेखि १ करोड ५० लाख रुपैयाँसम्म कर्जा प्रदान गर्ने प्रतिवद्धता जनाएको छ । त्यस्तै बैंकले जग्गा मात्रै खरिद गर्नलाई बढिमा ७५ लाख रुपैयाँसम्म कर्जा उपलब्ध गरायने व्यवस्था गरेको छ । त्यस्तै बैंकले घर निमार्ण गर्नलाई अनुमानित लागातको १०० प्रतिशतसम्म कर्जा प्रदान गर्नेछ ।
बेसरेटमा ०.५० प्रतिशतदेखि २.५० प्रतिशतसम्म प्रिमियम थपेर १० वर्षको लागि घर कर्जा प्रदान गर्ने जनाएको छ । त्यस्तै बैंकले बेसरेटमा २.५० प्रतिशतदेखि ४ प्रतिशत प्रिमियम थपेर १० वर्षको लागि ऋण लिन सकिने व्यवस्था गरेको छ ।
बैंकले घर निमार्ण वा खरिदको लागी १५ लाखदेखि १ करोड ५० लाख रुपैयाँसम्म कर्जा प्रदान गर्ने प्रतिवद्धता जनाएको छ । बैंकले ११.२५ प्रतिशत प्रिमियम थपेर ७ वर्षको लागि कर्जा दिने भएको छ । यो कर्जा सावा र ब्याज सहित समान मासिक किस्ताको आधारमा ३ देखि २५ वर्ष भित्र चुक्त गर्नुपर्ने हुन्छ ।
८.ग्लोबल आईएमई बैंक
ग्लोबल आईएमई बैंकले पनि घर कर्जाको नयाँ योजना सार्वजनिक गरेको छ । बैंकले आम ग्राहकको सपनाको घरलाई साकार तुल्याउन नयाँ घर कर्जा योजन ल्याएको हो । ग्लोबल आइएमई बैंकले विशेष घर कर्जा योजना ल्याएको हो । बैंकले एकल अंकमा आधारित न्यूनतम ब्याजदरमा १२ करोड रुपैयाँसम्मको कर्जा सीमा भएको कर्जा योजना ल्याएको हो ।
बैंकले सस्तो तथा सरल किस्ताबन्दीमा घर निर्माण तथा खरिदलाई लक्षित गरी विशेष योजना ल्याएको जनाएको छ । बैंकको उक्त घर कर्जा योजना अन्तर्गत सेवाग्राहीले १० वर्षसम्मको अवधिका लागि ९.९९ प्रतिशत निश्चत तथा स्थिर ब्याजदरमा कर्जा लिन सकिने व्यवस्था छ ।
साथै बैंकबाट कर्जा लिएको (पहिलो वर्ष) निःशुल्क मोबाइल बैंकिङ÷इन्टरनेट बैंकिङ सेवा, भिसा क्रेडिट कार्ड, अनुभवी र दक्ष कर्मचारीद्वारा ऋण प्रक्रिया सम्बन्धी आवश्यकता र उचित परामर्श, सबै शाखाहरूबाट कर्जा उपल्बध गर्ने र १२ घण्टा भित्रनै निर्णय गर्ने विशेषताका साथ यो नयाँ प्रडक्ट सार्वजनिक गरेको हो ।
९. कृषि विकास बैंक
बैंकले महानगरपालिकामा घर निर्माण वा खरिद गर्नलाई ३० लाख रुपैयाँ, उपमहानगरपालिकामा भित्र खदिर गर्नलाई २० लाख रुपैयाँ, र नगरपालिकामा १० लाख रुपैयाँ लोन उपलब्ध गराउने प्रतिवद्धता जनाएको छ । यो कर्जा गाउँपालिकामा अधिकतम १ वर्षको लागि कर्जा रिभोलिङ हुनेछ । बैंकले ५ वर्षको लागि ३.५० प्रतिशत बेसरेटमा २ प्रतिशत प्रिमियम थपेर कर्जा प्रदान गर्न लागेको हो । त्यस्तै बैंकले ५ देखि १० वर्षको लागि ४ प्रतिशत बेसरेटमा २.५ प्रतिशत प्रिमियम थपेर ऋण दिनेछ भने १० वर्ष भन्दा बढि कर्जा लिनको लागि ४.५० प्रतिशत बेसरेटमा ३ प्रतिशत प्रिमियम थपेर कर्जा लिन सकिनेछ ।
१०.एनएमबि बैंक
एनएमबि बैंकले आफ्ना ग्राहकहरूलाई घर तथा जग्गा खरिद गर्न वा निर्माण गर्नलाई आकर्षक ब्याजदरमा ५ करोड रुपैयाँसम्म कर्जा दिँदै आएको छ । बैंकले १५ वर्षको लागि ११.९९ प्रतिशत स्थिर ब्याजदरमा आवास कर्जा ल्याएको हो । काठमाडौं उपत्यका र उपत्यका बाहिरा घर निर्माण तथा खरिद गर्नको लागि एफएमभीको ६० प्रतिशत, पहिलो पटक घर खरिद गर्नको लागि एफएमभिको ७० प्रतिशत र आवास निमार्ण गर्नको लागि ८० प्रतिशत कर्जा प्रदान गर्ने प्रतिवद्धता जनाएको छ । बैंकबाट घर निमार्ण वा खरिदको लागि लिएको उक्त ऋण ३५ वर्ष भित्र चुक्त सावा र ब्याज सहित चुक्त गर्नुपर्ने हुन्छ ।
गृह ऋण प्रस्ताव
बैंकले निश्चित ब्याजदरमा ५ वर्षको लागि यो कर्जा प्रदान गर्न लागेको हो । । आवासीय जग्गा र भवन, अपार्टमेन्ट, भवन निर्माणरनविकरणर विस्तार सहित खरिद गर्नको लागि कर्जा उपलब्ध गराउने जनाएको छ ।
११. प्रभु घर कर्जा
घरको स्वामित्व गर्नु वा घर खरिद गर्नु धेरैको लागि सपना हो र प्रभु बैंक सधै प्रभु घर कर्जा योजना मार्फत सपना साकार पार्न सहयोग गर्ने प्रतिवद्धताका साथ प्रभु घर कर्जाको योजना ल्याएको छ । बैंकले ५ वर्षको लागि न्यूनतम बेसरेट २.५० प्रतिशतमा अधिकतम ४.५० प्रतिशतमा कर्जा प्रदान गर्नेछ । त्यस्तै ५ देखि १० वर्षको लागि न्यूनतम बेसरेट २.७५ प्रतिशतमा ४.५० प्रतिशत, १० देखि १५ वर्षको लागी न्यून्तम ३ प्रतिशतमा अधिकतमा ४.५० प्रतिशत, १५ देखि २० वर्षको लागि न्यून्तम ३.२५ प्रतिशतमा आधारित ४.५० प्रतिशत र २० देखि २५ वर्षको लागि ऋण लिनको लागि न्यून्तम ३.५० प्रतिशतमा ४.५० प्रतिश बेसरेटमा यो कर्जा लिन सकिनेछ ।
प्रभु घर कर्जा एक आवधिक कर्जा हो जुन मासिक तलब खाने ब्यक्तीहरु, स्वरोजगारहरु, पेशेवारहरु तथा ब्यावसायी हरुको माथि उल्लेखित आवश्यकता पुरा गर्न डिजाईन गरिएको हो । बैंकले यो योजना ग्रहाकहरूको आर्थिक आवश्यकता पुरा गर्न जग्गा खरिद, जग्गा तथा भबन खरिद, अपार्टमेन्ट तथा आवासिय भवनहरु निर्माण गर्न प्रदान गर्दछ ।
१२.सिटिजन्स बैंक
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले ९.९९ प्रतिशतमा घर कर्जा योजना सार्वजनिक गरेको छ । बैंकले आफ्ना ग्राहकहरुलाई उत्कृष्ट बैंकिङ सेवा सुबिधाहरु प्रदान गर्ने क्रममा सपनाको घरलाई दिनुहोस आकार, सिटिजन्स घर कर्जाले पार्नेछ सपना साकार भन्ने नाराका साथ ७ वर्षको लागी स्थिर रहने गरि उक्त योजना सार्वजनिक गरेको हो ।
बैंकले आफ्ना ग्राहकहरूको आर्थिक आवश्यकता पुरा गर्न घर, जग्गा खरिद गर्न ÷ घर, अपार्टमेन्ट मर्मत सम्भार तथा विस्थतारका लागि ५ करोडसम्मको कर्जाको योजना ल्याएको छ । बैंकबाट समान मासिक किस्ताबन्दीमा धितो सुरक्षणको अधिकतम मूल्यको ५० प्रतिशतसम्म कर्जा लिन सकिनेछ ।
घर कर्जा अन्तर्गतका अन्य सुविधामा निःशुल्क क्रेडिट कार्ड, डेविट कार्ड र पहिलो वर्षको लागि लकर सुविधा शुल्कमा ५० प्रतिशत शर्तसहितको छुट रहेको छ ।
१३.लक्ष्मी सनराइज बैंक
आकर्षक ब्याजदरमा बैंकले १ करोड रुपैयाँ घर कर्जाको योजना ल्याएको छ । लक्ष्मी सनराइज बैंकले विशेष गरेर आर्थिक अवस्था कम्जोर भएका आमनागरिहरूको लागि घर खरिद गर्न धितोको आधारमा ६० प्रतिशतसम्म लोन उपलब्ध गराउने भएको छ ।
बैंकले बेसरेटमा ३ प्रतिशत प्रिमियम थपेर २० वर्ष भित्र चुक्त गर्नेगरी यो सुविधा प्रदान गर्न लागेको हो । त्यसैगरी बैंकले जग्गा खरिद गर्नको लागि ५० लाख रुपैयाँ धितोको आधारमा ६० प्रतिशतसम्म उपलब्ध गराउने भएको छ । अपार्टमेन्ट वा आवास खरिद गर्न ५० लाख र भवान निमार्ण गर्न ५० लाख रुपैयाँ धितोको आधारमा ६० प्रतिशतसम्म ऋण लिन सकिने व्यवस्था गरेको छ ।
त्यस्तै बैंकले होम इक्विटी कर्जा भनेर १५ लाख रुपैयाँ प्रदान गर्ने भएको छ । यो कर्जा धितोको आधारमा ५० प्रतिशतसम्म लिन सकिने छ । बैंकबाट लिएको उक्त लोन १५ वर्षभित्र चुक्त गर्नुपर्ने हुन्छ । गृह इक्विटी लाइन अफ क्रेडिट (सन्तोषजनक खाता प्रदर्शनमा आधारित नवीकरणीय) कर्जा ५ लाख रुपैयाँ लिन सकिनेछ । यो १ वर्षभित्र चुक्ता गर्नुपर्ने हुन्छ । बैंकले बेसरेटमा ४ प्रतिशत प्रिमियम थपरे होम इक्विटी कर्जा प्रदान गर्ने जनाएको छ ।
१४.नेपाल बैंक
प्रत्येक व्यक्तिको आफ्नो मेहेनतको कमाइबाट आफ्नै घर बनाउने सपना हुन्छ । तर घर बनाउने सपना पुरा गर्न सीमित पैसाले पुग्दैन अर्थात कठिन हुन्छ । यस्तै ग्राहकलाई ध्यानमा राखेर बैंकले सुलभ घरकर्जा योजना ल्याएको छ । नेपाल बैंकले आफ्ना ग्राहकलाई सस्तो ब्याजदरमा कर्जा उपलब्ध गराउने योजनासहित सुलभ घरकर्जा प्रडक्ट ल्याएको हो ।
बैंकको योजना अन्तरगत ५ वर्षको लागि २.५० प्रतित बेसरेटमा घर कर्जा पाउन सकिनेछ भने ५ वर्ष भन्दा बढि समयको लागि ३.५० प्रतिशत, १० वर्षको अवधिमा ३.५० प्रतिशत र १५ वर्षको अवधिमा ४ प्रतिशत बेसरेटमा घर कर्जा प्रदान गर्ने प्रतिवद्धता जनाएको छ । त्यस्तै बैंकले गृह कर्जामा ३.५० प्रतिशत र नेपाल लक्ष्मी घर कर्जा बेसरेटमा ३.५० प्रतिशत प्रिमियम थपेर कर्जा उपलब्ध गराउनेछ ।
नयाँ घर निमार्ण गर्न वा खरिद गर्नको लागि ५ लाख सो भन्दा माथि २० वर्षसम्मको लागि अनुमान खर्चको आधारमा यो सुविधा ल्याएको हो । घर खरिद गर्न धितोको आधरमा ७० प्रतिशत कर्जा लिन सकिनेछ । घरको नवीकरण विस्ता गर्न १० वर्षको लागि कर्जा दिनेछ ।
नेपाल लक्ष्मी घर कर्जा
नेपाल लक्ष्मी घर कजा भनेर बैंकले आकर्षक ब्याजदरमा कर्जा योजना ल्याएको हो । नयाँ घर खरिद गर्न ५ लाख भन्दा माथि लोन लिन सकिनेछ । यो कर्जा अनुमानित खर्चको आधारमा भवन तथा जग्गाको एफएमभीको ६० प्रतिशतसम्म लिन सकिनेछ । यो ऋण लिएको १५ वर्ष भित्र चुक्त गर्नुपर्ने हुुन्छ । घरको नवीकरण विस्तार गर्न अनुमानित खर्चको आधारमा भवन तथा जग्गाको एफएमभीको ६० प्रतिशतसम्म कर्जा प्रप्त गर्न सकिनेछ भने यो सुविधा १० वर्षको लागि रहेको छ । घर खरिद गर्नको लागि भवन तथा जग्गाको एफएमभीको ७० प्रतिशत सम्म कर्जा लिन सकिने व्यवस्था छ ।
पेशागत/प्रोफेशनल घर कर्जा
बैंकले आकर्षक ब्याजदरमा नयाँ घर निर्माण गर्न न्यूनतम ४ लाख र सो भन्दा माथि अनुमानित खर्चको आधारमा कर्जा प्रदान गर्ने प्रतिवद्धता जनाएको छ । घर खरिद गर्न भवन तथा जग्गाको एफएमभीको ७० प्रतिशतसम्म कर्जा लिन सकिनेछ भने यो कर्जा ५ देखि २० वर्ष भित्र चुक्त गर्नुपर्ने हुन्छ ।
सुलभ आवास कर्जा
बैंक नयाँ घर निमार्णको लागि न्युन्तम ५ लाख र सो भन्दा माथि अनुमानित खर्चको १०० प्रतिशतसम्म कर्जा लिन सकिनेछ । त्यस्तै घर खरिद गर्न ५ देखि २० वर्षको लागि भवन तथा जग्गाको एफएमभीको ७० प्रतिशतसम्म र घरमर्मत गर्न बढिमा १० वर्ष भित्र चुक्ता गर्नुपर्ने गरि अनुमानित खर्चको १०० प्रतिशतसम्म कर्जा उपलब्ध गराउने प्रतिवद्धता जनाएको छ ।
१५ राष्ट्रिय वाणिज्य बैंक
राष्ट्रिय वाणिज्य बैंकले मेरो घर कर्जा योजना अन्तर्गत घर खरीद, घर निर्माण तथा जग्गा खरीद गर्नका लागि अधिकतम ५ करोड रुपैयाँसम्म कर्जा पाउन सकिने बैकले जनाएको छ । यो सुविधा ५ वर्षको लागि बेसरेटमा २.५० प्रिमियम जोडिने छ भने १० वर्ष भित्र चुक्त गर्नेपर्ने गरि बेसरेटमा २.७५ प्रतिशत र १५ वर्षको लागि बेसरेटमा ३ प्रतिशत प्रिमियम थपेर लोन प्रदानन गर्नेछ ।
त्यस्तै बैंकले अपार्टमेन्ट खदिर गर्न १० वर्षको लागि २.७५ प्रतिशत, १५ वर्षको लागि ३ प्रतिशत । २० वर्ष भित्र चुक्ता गर्नुपर्नेगरी बेसरेटमा ३ प्रतिशत प्रिमियम थपेर कर्जा लिन सकिनेछ । बैंकले आर्थिक आवश्यकता पुरागर्नलाई २ करोड भन्दा माथि कर्जा लिन चाहेको अवस्थामा १.२० प्रतिशत प्रिमियम थपेर कर्जा प्रदान गर्नेछ भने २ करोड भन्दा माथि ऋण आवश्यक परेमा बेसरेटमा १.५० प्रिमियम थपेर कर्जा पिलन सकिने व्यवस्था गरेको ।
त्यस्तै भूकम्प पिडितको नयाँ घर खरिरद गर्न ०.२५ र नेपाली सेनाले आवास खरिद गर्न ०.३२ प्रतिशतले कर्जा उपलब्ध गराउने भएको छ । बैंकले आवासीय तथा व्यावसायिक प्रयोजनका लागि घर निर्माणका साथै अवस्थित भवनको मर्मत, विस्तार, मर्मतसम्भारलगायतका लागि आवास ऋण सुविधा उपलब्ध गराउँदै आएको छ ।
१६. सानिमा बैंक
सानिमा बैंकले आफ्ना ग्राहकहरूको लागी घर कर्जाको आयोजना सार्वजनिक गरेको छ । बैंकले ग्राहकको आर्थिक अवस्था पुरा गर्नलाई ५ करोडसम्म ऋण उपलब्ध गराउने प्रतिवद्धता जनाएको छ । बैंकले नयाँ कर्जा बेसरेटमा १.५० प्रतिशतदेखि ३.५० प्रतिशत प्रिमियम थपेर यो सुविधा दिन लागेको हो । बैंकबाट लिएको उक्त कर्जा ३० वर्ष भित्र सावा र ब्याज सहित चुक्त गर्नुपर्ने व्यवस्था रहेको छ ।
सानिमाको घर कर्जा वर्तमान बजारमा आकर्षक सुविधाहरू र सरल झन्झट मुक्त प्रक्रियाहरू प्रदान गर्ने उत्कृष्ट उत्पादनहरू मध्ये एक हो। प्रतिस्पर्धात्मक मूल्य निर्धारण र शीघ्र ऋण प्रक्रियाका साथसाथै बैंकले जग्गा, जग्गा तथा भवन, अपार्टमेन्टहरूका खरिद, घर निर्माण तथा जीर्णोद्धार, मर्मत सम्भार लगायतका लागि घर कर्जा उपलब्ध गराएको छ ।
होम इक्विटी कर्जा
बैंकले ५ करोड होम इक्विटी कर्जा पनि ल्याएको छ । बैंकले बेसरेटमा १.५० प्रतिशतदेखि ३.५० प्रतिशत प्रिमियम थपेर यो सुविधा दिन लागेको हो । यो कर्जा २५ वर्ष भित्र चुक्ता गर्नुपर्नेहुन्छ । होम इक्विटी कर्जा बैंकका मूल्यवान् ग्राहकको व्यक्तिगत वित्तीय आवश्यकताहरू पूरा गर्न सहयोग गर्दछ । इक्विटी वित्तपोषण स्व(स्वामित्वको सम्पत्ति धितो राखेर प्रतिस्पर्धात्मक मूल्य निर्धारणको साथ धेरै सहज रूपमा लिन सकिन्छ। यो सम्पूर्ण रूपमा एउटा झन्झट मुक्त प्रक्रिया मार्फत सुनिश्चित गरिएको छ ।
१७. प्राइम बैंक
प्राइम बैंकले लिमिटेडले सुन्दर घर बनाई आफ्नो परिवारको खुःशी पुरा गर्ने घर कर्जाको आयोजना सार्वजनिक गरेको छ । ‘खुसी परिवार भएको सुन्दर घर’ हामी सबैको सपना यही हो । यो सपना राम्रो सुनिन्छ तर पूरा हुन गाह्रो देखिन्छ । तर अब चिन्ता लिनु पर्दैन प्राइम बैंकले आफ्ना ग्राहकहरूको घर बनाउने सपनालाई पुरा गर्ने प्रतिवद्धता जनाएको छ ।
प्रत्येक आमनागारीकको राम्रो बासस्थानको लागि आर्थिक अवस्थालाई पुरा गर्न निरन्तर प्रयास र गहिरो जरा भएको साझेदारी मार्फत प्राइम कमर्सियल बैंकले लामो समयदेखि प्रतिक्षा गरेको घरको सपना पूरा गर्न उपभोक्तामैत्री उत्पादन प्राइम होम लोन ल्याएको छ ।
बैंकले सार्वजनिक गरेको यो नयाँ प्रडक्ट न्युन्तम २ देखि ३ निर्माणको आधारमा ७० प्रतिशतसम्म कर्जा लिन सकिने व्यवस्था गरेको छ । बैंकले बेसरेटमा ५ प्रतिशत प्रिमियम थपेर कर्जा प्रदान गर्नेछ । बैंकबाट आर्थिक आवश्यकता पुरा गर्न लिएको उक्त लोन २० वर्ष भित्र सावा र ब्याजसहित चुक्त गर्नुपर्ने हुन्छ ।
१८. सिद्धार्थ बैंक
सिद्धार्थ बैंकले विशेषगरि महिलाई प्रथामिक्ता दिइएर घर कर्जाको योजना सार्वजनिक गरेको छ । बैंकले विशेष गरी स्थिर ब्याजदरमा १०.५० प्रतिशतमा घर कर्जा प्रदान गर्न लागेको हो । त्यसैगरी महिलाहरूको लागि पहिलो सात वर्षको लागि स्थिर ब्याजदरमा १०.२५ प्रतिशतसम्म ऋण प्रदान गर्ने बैंकले प्रतिवद्धता जनाएको छ ।
आवासीय वा व्यावसायिक उपयोगको लागि भवन खरीद गर्न, विद्यमान भवनको नवीकरण र विस्तार गर्न, अवस्थित भूमिमा भवन निर्माण गर्न, आवास कलोनीबाट अपार्टमेन्ट, आवासीय भवन खरीद गर्न, प्रचलित नियम र निर्देशन अनुसार अधिकतम २५वर्ष सम्म मोरेटोरियम अवधि अत्यधिक प्रतिस्पर्धी ब्याज दर र सेवा शुल्क इक्युआई किस्तामा उपयुक्त मोरेटोरियम अवधिको साथ भुक्तानी गर्न सकिने व्यवस्था बैंकले गरेको छ ।
१९.नेपाल एसबीआई बैंक
नेपाल एसबी आई बैंकले आवास कर्जा योजनाको सार्वजानिक गरेको छ । बैंकले तीन वर्षको लागि १३.५० प्रतिशत, ३ देखि ५ वर्षको लागि १४.५० प्रतिशत, ५ देखि १० वर्षको लागि १५.५० प्रतिशत र १० वर्ष भन्दा बढि भएमा १५.५० प्रतिशत फिक्स इन्टेस रेटमा यो सुविधाको आयोजना गरेको हो । बैंकले फिक्सरेटमा २ करोड ऋण लिनचाहेको अवस्थामा आकर्षक ब्याजदरमा १.प्रतिशतदेखि ३ प्रतिशत र २ करोड माथि कर्जा लिएको अवस्थामा ०.५० प्रतिशतदेखि २.५० प्रतिशतसम्म कर्जा लिन सकिनेछ ।
बैंकले भवन र फल्याट खरीदको गर्न, नयाँ भवन निर्माण, भवन र फल्याटको विस्तार र इन्टेरियर गर्न, भर्खरै निर्माण गरिएको र खरीद गरिएको भवनर फल्याटको निर्माण लागत प्रतिपूर्तिको लागि, अन्य बैंक र वित्तीय संस्थाहरूको आवास कर्जा टेकओभरको लागि भर्खरै खरिद गरिएको भवनर फल्याटको लागत प्रतिपूर्तिको लागि आर्थिक आवश्यकता पुरा गर्ने उद्देश्यले घर कर्जा ल्याएको हो ।
खरिद मूल्यको न्यूनतम २५ प्रतिशत (मालपोत रजिस्ट्रेशन खर्च सहित) सम्पत्तिको डिस्ट्रेस मूल्य भन्दा बढी नहुने गरी र नयाँ निर्माण तथा भवन फल्याटको विस्ताररइन्टेरियर गर्दा लागतको न्यूनतम २५ प्रतिशतसम्म ऋण लिनसकिने व्यवसथा रहेको छ । गत पाँच वर्ष भित्र खरिद गरिएको भवनर फल्याटको लागि खरीद मूल्यको न्यूनतम २५ (सम्म मालपोत रजिस्ट्रेशन खर्च सहित) प्रतिपूर्ति गर्न सकिने तर कर्जा रकम सम्पत्तिको डिस्ट्रेस मूल्य भन्दा बढि नहुने गरी ।
बैंकले ल्याएको यो नयाँ प्रडक्ट ३० वर्षसम्मको भुक्तानी अवधिको अतिरिक्त पहिलो वितरणको मितिदेखि एक वर्षसम्म मोराटोरिएम अवधि प्रदान गर्न सकिन्छ। यो कर्जा ३० वर्ष भित्र समान मासिक किस्तामा उक्त कर्जा चुक्त गर्नुपर्ने हुन्छ ।
२०.स्ट्याण्र्डड चार्टड बैंक
स्ट्याण्र्डड चार्टड बैंकले आफ्नो सुन्दर घरको सपनालाई विपनामा बदल्नहोस भन्दै ५ करोडको नयाँ घर कर्जाको योजना सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको यो नयाँ प्रडक्ट आकर्षक ब्याजदरमा सम्पत्ति मूल्यांकनको ९० प्रतिशतसम्म कर्जा लिन सकिनेछ । बैंकबाट ल्याएको उक्त कर्जा २५ वर्षभित्र चुक्त गर्नुपर्ने हुन्छ । बैकले आफ्ना ग्राहकले पहिलो पटक खरिद गर्नेहरूलाई कुल मूल्यको ७० प्रतिशतसम्म प्रवाह र अधिकतम कर्जा १.५ करोडसम्म प्रदान गर्नेछ । उक्त लोन २० वर्ष भित्र बैंकको नियम अनुसार चुक्ता गर्नुपर्ने हुन्छ