एनएमबि बैंकको ५२ हजार १७२ कित्ता संस्थापक सेयर लिलामी भर्ने आज अन्तिम दिन

काठमाडौं । एनएमबि बैंकको ५२ हजार १७२ कित्ता संस्थापक सेयर लिलामी भर्ने आज अन्तिम दिन रहेको छ । उक्त सेयर लिलामी भर्ने आज चैत २२ गते अन्तिम दिन रहेको हो ।

बैंकले चैत १६ गतेदेखि उक्त सेयर लिलामी बिक्री खुला गरेको हो । यसमा आज कार्यालय समयसम्ममा आवेदन दिन सकिनेछ । यसमा बैंकका विद्यमान संस्थापक सेयरधनीसहित अन्य इच्छुक व्यक्ति तथा संघसंस्थाले समेत बोलपत्र पेश गर्न सक्नेछन् ।

यसमा न्यूनतम १२० रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । यसमा बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटलले गर्नेछ । आवेदकले एनएमबि क्यापिटल, बालुवाटार काठमाडौंमा पुग्नेगरी लिलामीको बोलपत्र पेश गर्नुपर्नेछ । बोलपत्रमा आफूले खरिद गर्न चाहेको सेयर संख्या र कबोल गरेको रकम उल्लेख गर्नुपर्ने बिक्री प्रबन्धकले जानकारी गराएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स