काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले ८३५ जनालाई रोजगार उपलब्ध गराउने भएको छ । बैंकको परीक्षा लोकसेवाले लिने गरि ४ तहदेखि ९ तहसम्मको लागि जागिर खुलाएको हो।
जसमा बैंकले २ जना वरिष्ठ प्रबन्धक, ८ जना प्रबन्धक र १८ जना उपप्रबन्धक सहितको पदमा जागिर खुलाएको हो ।
वाणिज्य बैंकमा जागिर खानको लागि आवेदन भने वाणिज्य बैंकको वेवसाइटमा गएर अनलाइन मार्फत फर्म भनुपर्छ ।
आवेदन मंसिर ५ सम्म दिनुपर्ने छ । दोब्बर दस्तुर तिरेर मंसिर १२ सम्म आवेदन दिन सकिने छ । परीक्षा हुने मिति भने बैंकले पछि तोक्ने छ ।