हिमालयन बैंकको १३ लाख २७ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौं । हिमालयन बैंकको संस्थापक सेयर बिक्रीमा राखिएको छ । बैंकको १३ लाख २७ हजार ८ सय ६७ कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको हो ।

बैंकका ८ जना संस्थापकले उक्त रकम बराबरको सेयर बिक्री गर्न लागेका हुन् । हिमालयन बैंकका संस्थापक सेयरधनीले चैत २० गतेदेखि ३५ दिन भित्र यस बैंकको केन्द्रीय कार्यालय कमलादी, काठमाडौंमा आवश्यक कागजातसहित आवेदन दिन सक्नेछन् ।

संस्थापक सेयरहरूको मूल्य बिक्रेताअनुसार फरक–फरक भएकाले रहेकाले मूल्यसम्बन्धी जानकारीका लागि बैंकको केन्द्रीय कार्यालयमा सम्पर्क गर्न बैंकको आग्रह छ ।

बैंकका अनुसार तोकिएको समयभित्र संस्थापक सेयरधनीहरूबाट खरिद आवेदन नपरेमा अन्य व्यक्ति तथा संघ संस्थालाई सेयर बिक्री गर्ने प्रक्रिया अगाडि बढाइने छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स