अमेरिकी डलरको मूल्य यथावत रहँदा अन्यको मूल्य कस्तो ?

काठमाडौं । अघिल्लो ५ दिनदेखि अमेरिकी डलरको मूल्य यथावत रहेको छ । नेपाल राष्ट्र बैंकले आज मंगलबार प्रकाशित गरेको विदेशी मुद्राहरूको विनियमदरमा अन्यको मूल्य घटेपनि अमेरिकी डलरको मूल्य भने यथावत रहेको हो ।

नेपाल राष्ट्र बैंकका अनुसार आजको लागि अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ १५ पैसा र बिक्रीदर १३३ रुपैयाँ ७५ पैसा निर्धारण भएको छ। गएको शुक्रबारदेखि अमेरिकी डलर यही मूल्यमा कारोबार भइरहेको छ।

युरोपियन युरो १ को खरिदर १४३ रुपैयाँ ५८ पैसा र बिक्रीदर १४४ रुपैयाँ २३ पैसा निर्धारण भएको छ। हिजो युरो १ को खरिदर १४३ रुपैयाँ ७४ पैसा र बिक्रीदर १४४ रुपैयाँ ३८ पैसा थियो।

आज बेलायती पाउन्ड १ को खरिददर १६७ रुपैयाँ ९६ पैसा र बिक्रीदर १६८ रुपैयाँ ७१ पैसा निर्धारण भएको छ। हिजो बेलायती पाउन्ड १ को खरिददर १६८ रुपैयाँ १० पैसा र बिक्रीदर १६८ रुपैयाँ ८६ पैसा थियो।

अस्ट्रेलियन डलर १ को खरिददर ८६ रुपैयाँ ७८ पैसा र बिक्रीदर ८७ रुपैयाँ १७ पैसा निर्धारण भएको छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर ८६ रुपैयाँ ८४ पैसा र बिक्रीदर ८७ रुपैयाँ २३ पैसा थियो।

कुवेती दिनार १ को खरिददर ४३२ रुपैयाँ ८४ पैसा र बिक्रीदर ४३४ रुपैयाँ ७९ पैसा निर्धारण भएको छ। हिजो कुवेती दिनार १ को खरिददर ४३२ रुपैयाँ ७८ पैसा र बिक्रीदर ४३४ रुपैयाँ ७३ पैसा थियो।

बहराइन दिनारको खरिददर ३५३ रुपैयाँ १६ पैसा र बिक्रीदर ३५४ रुपैयाँ ७६ पैसा निर्धारण भएको छ। हिजो बहराइन दिनारको खरिददर ३५३ रुपैयाँ १८ पैसा र बिक्रीदर ३५४ रुपैयाँ ७७ पैसा थियो।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स