काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्सले सेयरधनीहरुलाई १३.३६ प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।
कम्पनीको शनिबार बसेको सञ्चालक समितिको बैठकले आव २०७६र०७७ को मुनाफाबाट लाभांश दिने प्रस्ताव गरेको हो ।
कम्पनीले चुक्ता पुँजीको बोनस १२.७० र नगद करसहित ०.६६ प्रतिशत गरी १३.३६ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।
यो प्रस्ताव बीमा समितिले स्वीकृत गरेर कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्ताले पाउनेछन् ।