महुली लघुवित्तले २६ प्रतिशत लाभांश दिने

काठमाडौं । महुली लघुवित्त वित्तीय संस्थाले सेयरधनीलाई २६ प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।

कम्पनीको शनिबार बसेको सञ्चालक समितिको बैठकले उक्त लाभांश घोषणा गरेको हो ।

कम्पनीले कुल चुक्ता पुँजीको २२ करोड ३९ लाख ४४ हजार रुपैयाँको २६ प्रतिशत रकम लाभांश बोनस सेयरका रुपमा वितरण गर्ने निणर्य गरेको हो ।

कम्पनीको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकको स्वीकृति तथा साधारणसभाबाट पारित भएपछि सञ्चालक समितिले पाउनेछन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स