मुक्तिनाथ विकास बैंकले १८.५० प्रतिशत लाभांश दिने, बोनस र नगद कति ?

काठमाडौं । मुक्तिनाथ विकास बैंकले सेयरधनीहरुलाई १८.५० प्रतिशत लाभांश दिने भएको छ ।

शुक्रबार सञ्चालक समितिको बसेको बैठकले आव २०७७/०७८ को मुनाफाबाट लाभांश दिने प्रस्ताव गरेको हो ।

कम्पनीले १८.५० प्रतिशत लाभांश दिने प्रस्ताव गरेकोमा बोनस १७.५७ र नगद करसहित ०.९२ प्रतिशत रहेको छ ।

यो प्रस्ताव राष्ट्र बैंक ले स्वीकृत गरेर कम्पनीको आगामी साधारणसभाले पारित गरपछि लगानीकर्ताले पाउनेछन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स