काठमाडौं । नेपाल राष्ट्र बैंकले आज सोमबार अमेरिकी डलरको मूल्य यथावत रहेको छ । राष्ट्र बैंकले प्रकाशित गरेको आज यूरो, पाउन्ड, दिनार, अस्ट्रेलियन डलरसहित धेरैजसो विदेशी मुद्राको मूल्य बढेको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार आजको लागि अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ १५ पैसा र बिक्रीदर १३३ रुपैयाँ ७५ पैसा निर्धारण भएको छ । गएको शुक्रबारदेखि अमेरिकी डलर यही मूल्यमा कारोबार भइरहेको छ ।
युरोपियन युरो १ को खरिदर १४३ रुपैयाँ ७४ पैसा र बिक्रीदर १४४ रुपैयाँ ३८ पैसा निर्धारण भएको छ। हिजो युरो १ को खरिदर १४३ रुपैयाँ ६६ पैसा र बिक्रीदर १४४ रुपैयाँ ३१ पैसा थियो।
आज बेलायती पाउन्ड १ को खरिददर १६८ रुपैयाँ १० पैसा र बिक्रीदर १६८ रुपैयाँ ८६ पैसा निर्धारण भएको छ। हिजो बेलायती पाउन्ड १ को खरिददर १६७ रुपैयाँ ९४ पैसा र बिक्रीदर १६८ रुपैयाँ ६९ पैसा थियो।
आज अस्ट्रेलियन डलर १ को खरिददर ८६ रुपैयाँ ८४ पैसा र बिक्रीदर ८७ रुपैयाँ २३ पैसा निर्धारण भएको छ । हिजो अस्ट्रेलियन डलर १ को खरिददर ८६ रुपैयाँ ७१ पैसा र बिक्रीदर ८७ रुपैयाँ १० पैसा थियो।
कुवेती दिनार १ को खरिददर ४३२ रुपैयाँ ७८ पैसा र बिक्रीदर ४३४ रुपैयाँ ७३ पैसा निर्धारण भएको छ। हिजो कुवेती दिनार १ को खरिददर ४३२ रुपैयाँ ७७ पैसा र बिक्रीदर ४३४ रुपैयाँ ७२ पैसा थियो।
बहराइन दिनारको खरिददर ३५३ रुपैयाँ १८ पैसा र बिक्रीदर ३५४ रुपैयाँ ७७ पैसा निर्धारण भएको छ। हिजो बहराइन दिनारको खरिददर ३५३ रुपैयाँ १७ पैसा र बिक्रीदर ३५४ रुपैयाँ ७७ पैसा थियो।