अझै एक दर्जन बैंकको लाभांश घोषणा हुन बाँकी, लाभांशमा हिमालय बैंकअघि कुमारी पुच्छारमा

काठमाडौं । नयाँ आर्थिक वर्षको साढे ३ महिना बित्न लाग्दा अहिलेसम्म जम्मा १४ वटा वाणिज्य बैंकले मात्रै लाभांश घोषाण गरेका छन् । नेपाल स्टक एक्चेन्जमा सूचिकृत भएका २६ वाणिज्य बैंकमध्ये अझै १२ बैंकले लाभांश प्रस्ताव घोषणा गरेका छैनन् ।
लाभांश घोषणा गर्न बाँकी कृषि विकास बैंक, सिभिल बैंक, सेन्चुरी बैंक, लक्ष्मी बैंक, मेगा बैंक, नबिल बैंक, एनसीसी बैंक, एनएमबि बैंक, प्राइम कमर्शियल बैंक रहेको छ । प्रभु बैंक, नेपाल एसबिआइ बैंक र सनराइज बैंकको लाभांश घोषणा हुन् बाँकि छ । सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकलेपनि लाभांश घोषणा गरेको छैन ।

अहिले लगानीकर्ताको लागि उत्सवजस्तै हो र उनीहरूले वर्षभरि गरेको लगानीबाट कति बैंकहरूले कति लाभांश दिन्छन् भनेर कुरेर बसिरहेका हुन्छन् । हालसम्म १४ वटा वाणिज्य बैंकहरुले आर्थिक वर्ष २०७७/७८ को मुनाफा बाट वितरण गर्ने लाभांश प्रस्ताव गरेका छन् ।

लाभांश घोषणा गरेका वाणिज्य बैंकहरूमध्ये हिमालय बैंकले सबैभन्दा बढी लाभांश दिने भएको छ भने कुमारी बैंकले सबैभन्दा कम लाभांश दिने घोषणा गरेको छ ।

कार्तिक १२ गते शुक्रबार साँझसम्ममा नेपाल स्टक एक्सचेन्जमा सुचिकृत २६ वाणिज्य बैंकमध्ये १५ वटा वाणिज्य बैंकले लाभांश घोषणा गरेका हुन् । सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकभने नेप्सेमा सूचिकृत छैन ।

हिमालयन बैंकले २१.३६ प्रतिशत बोनस र ४.४६४ प्रतिशत नगद गरि कुल २६ प्रतिशत लाभाश प्रस्ताव गरेको छ भने कुमारी बैंकले ६ प्रतिशत बोनस र २.६७ प्रतिशत नगद गरि कुल ८.६७ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।

सानिमाले १७ प्रतिशत बोनस र ०.८९ प्रतिशत नगद गरि कुल १७.८९ प्रतिशत लाभांश घोषणा गरेको छ । नेपाल बैंकले १४ प्रतिशत बोनस र ३ प्रतिशत नगद गरि १७ प्रतिशत लाभांश घोषणा गरेको छ ।

सिटिजन्स बैंकले १२.९१ प्रतिशत र ३.०९ प्रतिशत नगद गरि १६ प्रतिशत, नेपाल इन्भेष्टमेन्ट बैंकले १२.६१ प्रतिशत बोनस र ३.३९ प्रतिशत नगद गरि १६ प्रतिशत, एनआईसी एसियाले १५ प्रतिशत बोनस र ०.७९ प्रतिशत नगद गरि कुल १५.७९ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।

एनएमबि बैंकले हाल कायम चुक्ता पुँजीको १२.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि समेत ३.३ प्रतिशत नगद लाभांश गरि कुल १५.८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । १५

गत आर्थिक वर्षको मुनाफाबाट नेपाल बंगलादेश बैंकले १२ प्रतिशत बोनस र ३.५० नगद गरि १५.५० प्रतिशत, सिद्धार्थ बैंकले १४.२५ प्रतिशत बोनस र ०.४५ प्रतिशत गरि १४.७० प्रतिशत लाभांश घोषणा गरेको छ ।

माछापुच्छ्रे बैंकले १२.२ प्रतिशत बोनस र ०.७० नगद गरि १४ प्रतिशत, बैंक अफ काठमाडौँले १० प्रतिशत बोनस र ४ प्रतिशत नगद गरि १४ प्रतिशत र ग्लोबल आईएमई बैंकले १० प्रतिशत बोनस र ३.५० प्रतिशत नगद गरि १३.५० प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।

स्ट्यान्डर्ड चार्टर्ड बैंकले १० प्रतिशत बोनस र ३.०६ प्रतिशत नगद गरी १३.०६ र एभरेष्ट बैंकले ६ प्रतिशत बोनस र ४.३२ प्रतिशत नगद गरि कुल १०.३२ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स