समीट लघुवित्तको नाफा र प्रतिसेयर आम्दानी दुबै बढ्यो

काठमाडौं । समीट  लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा ३ करोड ९२ लाख ९५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले २ लाख ७७ हजार रुपैयाँ मात्र खुद नाफा आर्जन गरेको थियो ।

लघुवित्तको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा उल्लेख्य बढेको छ । लघुवित्तको खुद ब्याज आम्दानी र अन्य सञ्चालन आम्दानी बढेसँगै सम्भावित जोखिम बापतको व्यवस्थामा कम रकम छुट्याएका कारण खुद नाफा उल्लेख्य बढ्न पुगेको हो ।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी २८५.९६ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा ४ लाख ४१ हजारबाट बढेर ६ लाख २३ हजार रुपैयाँ पुगेको छ ।

लघुवित्तले सम्भावित जोखिम वापतको व्यवस्थामा १ करोड ६४ लाख रुपैयाँ छुट्याएको छ । समीक्षा अवधिमा लघुवित्तको जगेडा कोष १५५.५४ प्रतिशत बढेको छ । लघुवित्तको सापटी ८९.७५ प्रतिशत र निक्षेप १२.०६ प्रतिशत बढेको छ भने कर्जा ७६.३० प्रतिशत बढेको छ ।

नाफासँगै लघुवित्तको प्रतिसेयर आम्दानी पनि बढेको छ । समीक्षा अवधिमा लघुवित्तको प्रतिसेयर आम्दानी २८ पैसाबाट ३९ रुपैयाँ ५८ पैसा बढेर ३९ रुपैयाँ ८६ पैसा पुगेको छ । असोजसमम लघुवित्तको मूल्य आम्दानी अनुपात १४५.५० गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १६६ रुपैयाँ ४७ पैसा रहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स