कुमारी बैंकको नाफा घट्यो, प्रतिसेयर आम्दानीमा कस्तो पर्ला असर ?

काठमाडौं । चालु आर्थि वर्षको पहिलो त्रैमासमा कुमारी बैंक लिमिटेडको खुद नाफा घटेको छ । बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म ५४ करोड ११ लाख १९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १०.१९ प्रतिशत कम हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ६० करोड २५ लाख ४३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

खुद ब्याज आम्दानी घटेसँगै इम्पेरमेन्ट चार्ज बढेपछि बैंकको खुद नाफा घट्न पुगेको हो । समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी २.१९ प्रतिशत घटेको छ भने सञ्चालन मुनाफा १०.५८ प्रतिशत घटेको छ ।

असोज मसान्तसम्ममा बैंकको वितरण योग्य मुनाफा १ अर्ब १० करोड ६३ लाख रुपैयाँ रहेको छ । चालु आर्थिक वर्षको तीन महिनामा बैंकको जगेडा कोष ६.७५ प्रतिशत बढेको छ । त्यसैगरी, बैंकको निक्षेप ६.४१ प्रतिशत बढेको छ भने कर्जा १०.५० प्रतिशत बढेको छ ।

नाफासँगै बैंकको प्रतिसेयर आम्दानी पनि घटेको छ । समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी १९ रुपैयाँ २५ पैसाबाट ३ रुपैयाँ ६५ पैसा घटेर १५ रुपैयाँ ६० पैसामा झरेको छ । असोज मसान्तसम्म बैंकको मूल्य आम्दानी अनुपात १८.४६ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १३८ रुपैयाँ ५६ पैसा रहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स