काठमाडौं । सानिमा बैंकको संस्थापक सेयर बिक्रीमा राखिएको छ । बैंकको संस्थापक समूह तर्फको ६८ हजार कित्ता सेयर बिक्रीमा राखिएको हो ।
उक्त सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले चैत १६ गतेदेखि ३५ दिनभित्र आवश्यक कागजात संलग्न गरी बैंकको केन्द्रीय कार्यालय, नारायणचौर नाक्साल, काठमाडौंमा सम्पर्क गरी सेयर खरिदका लागि आवेदन दिन सक्नेछन् ।
सेयरको न्यूनतम भाउ प्रतिकित्ता १५० रुपैयाँ तोकिएको छ । तोकिएको समयमा संस्थापक सेयरधनीबाट आवेदन परेन भने अन्य व्यक्ति तथा संस्थालाई बिक्री खुला गरिने बैंकले सूचनामा उल्लेख गरेको छ ।