सांग्रिला डेभलपमेन्ट बैंकको संस्थापक सेयर बिक्रीमा

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक सेयरधनी अर्जुन भट्टराईको नाममा रहेको २५ हजार कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

बैंकले हाल कायम संस्थापक सेयरधनीले मात्रै खरिद गर्न पाउने गरी सेयर बिक्रीमा ल्याएको हो ।

उक्त सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले आवश्यक कागजातसहित खरिद गर्न चाहेको सेयरको विवरणसमेत खुलाई ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय बालुवाटार, काठमाडौंमा आवेदन दिनुपर्नेछ ।

साथै, तोकिएको समयभित्र संस्थापक सेयरधनीबाट खरिद आवेदन नपरेमा सो सेयर अन्य व्यक्ति वा संस्थालाई बिक्री गरिने बैंकले जनाएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स