कामना सेवा विकास बैंकका ग्राहकलाई दि एआई–एलए लन्जमा विशेष छुट

काठमाडौं । कामना सेवा विकास बैंकले दि एआई–एलए लन्ज रेस्टुरेन्टसँग सेवा शुल्क छुट सम्बन्धी सम्झौता गरेको छ। बुधबार बैंक र रेस्टुरेन्टबीच यस सम्बन्धमा सम्झौता भएको हो ।

सम्झौतामा बैंकका ग्राहकहरुले रेस्टुरेन्टको मेनुमा १५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् । ग्राहकहरुले बैंकको डेबिट र क्रेडिट कार्ड प्रयोग गरी बैंक सँगको आवद्धता भएको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सक्ने सम्झौतामा उल्लेख छ ।

सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्णले विशेष लाभ लिने बैंकले विश्वास लिएको बैंकले जनाएको छ ।

हाल बैंकले आफ्ना १३५ सञ्जालहरु तथा ७७ एटिएम तथा विभिन्न शाखा रहित सेवा केन्द्र मार्फत् आफ्नो अत्याधुनिक सेवा सुविधाहरु प्रदान गरि रहेको छ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स