कृषि विकास बैंकद्वारा गण्डकी र लुम्बीनी प्रदेशको आयोजनामा वित्तीय साक्षरता कार्यक्रम संचालन

काठमाडौं । कृषि विकास बैंक लि.ले गण्डकी प्रदेश र लुम्बीनी प्रदेशको आयोजनामा पूर्वी नवलपरासी जिल्लाको अमलटारी होमस्टे, रुपन्देही जिल्लाको धकधही र कपिलवस्तु जिल्लाको खनुवाका विद्यालयका एघार र बाह्र कक्षामा अध्ययनरत विद्यार्थीहरुलाई वित्तीय साक्षरता कार्यक्रम संचालन गरेको छ ।

कृषि विकास बैंक लि. का उपमहाप्रबन्धक यज्ञ प्रकाश न्यौपानकोे उपस्थितमा बैंकले उक्त कार्यक्रम संचालन गरेको हो ।

बैंकका उपमाहाप्रबन्धकले वित्तीय साक्षरता कार्यक्रममा, वित्तीय साक्षरताका सम्वन्धमा बैंक, विद्युतिय बैंकिंङ सेवा, बेलैमा बचत गर्ने बानीको विकास, कर्जा, निक्षेप, एजेन्सी सेवालगायत, बचतको महत्व, खाताबाट कारोवार गर्दा हुने फाईदा, विद्युतिय कारोवार गर्दा अपनाउनु पर्ने सावधानी, पारिवारीक खर्चको लेखापालन, विद्युतिय बैंकिंङ कारोवार गर्दा अपनाउन पर्ने सावधानी जस्ता विषय सम्वन्धमा जानकारी गराएका थिए ।

साथै आर्थिक समृद्धिका लागि परिवारका सदस्यहरुको भुमिका, आम्दानीको बढी अंश बचत गरेर उत्पादन मुलक क्षेत्रमा लगाउनु पर्ने बारे प्रकाश पारे । उक्त कार्यक्रममा सम्बन्धित प्रदेशका प्रमुख र प्रबन्धकको उपस्थिति रहेको थियो ।

विश्व बैंकको आहावनमा यस वर्ष मार्च १८ देखि २४ सम्मलाई प्रोटेक्ट योर मनि,सेक्योर योर फ्यूचर भन्ने नारा सहित ग्लोबल मनि वीकको रुपमा बैंकले सबै प्रदेशमा बित्तीय साक्षरता कार्यक्रमा संचालन गरेको छ ।

 

प्रतिक्रिया

हेडलाइन्स