‘नेट एनपीएलमा हामी राम्रा टप ‘फाइभ’ बैंकमा पर्छौ, बजारका हल्ला अतिरञ्जित मात्रै हो’: सीईओ खनाल

काठमाडौं । केहि दिन अघि नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको ‘कि फाइनान्सियल इन्डिकेटर’ सार्वजनिक गर्यो । उक्त इन्डिकेटरमा बैंकहरूको नेट एनपीएल (निष्क्रिय कर्जा) सूचकांक पनि समेटियो । केहि बैंकले आफ्नो वित्तीय विवरणमा नेट एनपीएल प्रत्येक त्रैमासमा प्रकाशित गर्ने वित्तीय विवरणमा समावेश गरेपनि अधिकांश बैंकले भने नेट एनपीएल प्रकाशित गर्ने गरेका थिएनन्।

यस वर्ष बैंकहरूको एनपीएलको ग्राफ धेरै माथि उक्लिएपछि राष्ट्र बैंकले बैंकहरूको वास्तविक अवस्था देखाउन नेट एनपीएल प्रकाशित गरेको हो ।

‘राष्ट्र बैंकले प्रकाशित गरेको नेट एनपीएलले बजारमा भएको हल्ला जस्तो नेपालको बैंकिङ क्षेत्र जोखिममा नभएको स्पष्ट पारेको छ। राष्ट्र बैंकले भनेको छ–औसतमा बैंकहरूको एनपीएल ३.६३ प्रतिशत भएपनि नेट एनपीएल भने १.१३ प्रतिशतमात्रै हो । बैंकहरूले नेट एनपीएलको भने प्रोभिजिन गरेका हुँदैनन् । बैंकहरू सक्किसके भनेर बजारमा चलाएको हल्ला मिथ्या भएको र नेपालका बैंकहरू अहिले त्यस्तो ठूलो समस्या नरहेको गभर्नर महाप्रसाद अधिकारीले समेत स्पष्ट पारिसकेका छन् ।

बजारमा कहिले कुनै बैंकको नाममा हल्ला फैलिन्छ भने कहिले कुन बैंकको नाममा । नेपालको बैंकिङ क्षेत्र पारदर्शी र स्वस्थ र प्रतिस्पर्धी भएको नियामक निकायले बताउँदै आएपनि यस्ता हल्लाले वित्तीय क्षेत्रलाई धमिल्याउने काम भएको छ । वित्तीय सूचकांक नराम्रो नभएपनि केहि दिनअघिसम्म एनआईसी एशिया बैंकले बजारमा ठूलो बदनामी खेप्यो । बैंकले अहिलेसम्म कमाएको गुडविलमा प्रश्न चिन्ह लाग्यो । बैंकका सबै इन्डिकेटरहरू राम्रा हुँदा हुँदै पनि कुमारी बैंकले त्यहि लेभलको बदनामी खेप्न नपरेपनि बैंकमाथि प्रहार भने भइनै रहेको छ ।

बैंकको वास्तविक अवस्था हेर्ने भनेको नेट एनपीएल र बैंकमा रहेको लिक्युडिटी नै हो । अन्य सूचक भनेको तपशिलमा पर्छन् । हाल कुमारी बैंकको नेट एनपीएल जम्मा ०.६७ प्रतिशतमात्रै छ भने बैंकको लिक्युडिटी रेसियो पनि ३० प्रतिशतको हाराहारीमा छ । केहि गरी साह्रै नराम्रो अवस्था आयो भने पनि बैंकको जोखिममा पर्ने कर्जा भने ०.९७ प्रतिशतमात्रै हो । सो एनपीएल भनेको बैंकको कुल कर्जामध्ये १ अर्ब ९८ करोड रुपैयाँ मात्रै हो । बैंकले चालु आवको माघसम्म २ खर्ब ९५ अर्ब ६० करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ भने खर्ब २ अर्ब ६ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ ।

कुमारीभन्दा कम एनपीएल नेपाल एसबिआई बैंक, एभरेष्ट बैंक र एनआईसी एशिया बैंकको रहेको छ । देशमा सञ्चालित २० वाणिज्य बैंकमध्ये यस्तो एनपीएल कम हुने बैंकमा कुमारी बैंक चौथो स्थानमा परेको छ । कुमारी बैंकको नेट एनपीएल ०.६७ प्रतिशत हुँदा नेपाल एसबिआई बैंकको नेट एनपीएल ०.१४ प्रतिशत, एभरेष्ट बैंकको नेट एनपीएल ०.२१ र एनआईसी एशिया बैंकको ०.४५ प्रतिशत नेट एनपीएल रहेको छ ।

माघमसान्तसम्म १ अर्ब १२ करोड रुपैयाँ नाफा कमाएको बैंकले लोन लस प्रोभिजिङमाका लागि ५ अर्ब ४९ करोड रुपैयाँ छुट्याउको छ । २ करोड रुपैयाँसम्म आवास कर्जामा बैंकको कुल कर्जाको ३.५२ प्रतिशत अर्थात १० अर्ब ४० करोड रुपैयाँ लगानी रहेको छ भने रियल स्टेटमा कुल कर्जाको ०.४० प्रतिशत अर्थात १ अर्ब २० करोड रुपैयाँ लगानी रहेको छ । राष्ट्र बैंक निर्देशित कृषि, ऊर्जा तथा लघु घरेलु, साना तथा मझौला उद्यम कर्जामा बैंकले ३२.७१ प्रतिशत रहेको छ ।

दोस्रो त्रैमासअन्त्यसम्म बैंकको पुँजीमा केहि चाप देखिएकोले आगामी आवमा पनि बैंकलाई लाभांश बाड्न भने राष्ट्र बैंकको नियमले बाधा पुर्याउँछ । यद्यपि अहिले भने बैंकले राष्ट्र बैंकको पुँजीअनुसार पुर्याउनु पर्ने कोर पुँजी पनि पुर्याएको छ ।

बैंकहरूले प्रोजेक्ट फाइनान्सिङ गर्दा प्रोजेक्टलाई हेरेर लगानी गर्ने हो । प्रोजेक्टको पान्ट, मेशिन, ल्याण्ड, धितो, बिल्डिङ हेरेर लगानी गर्ने हो । बैंकहरूले पनि कर्जा दिँदा यी सबै हेरेर लोन दिने हुन् । यस्तो लोनमा समस्या नहुने कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनालले बताए ।

‘बजारमा कुरा आएको पार्टिकुलर लोनको लागि हामीले १०० प्रतिशत प्रोभिजिङ गरिसकेका छौं । यसमा कुनै अप्ठ्यारो छैन, रिक्स छैन’, उनले भने ‘हामी रिकभरीमा पनि गइसकेका छौं । जे आउँछ त्यो भनेको हाम्रो नाफामा थपिने हो, प्रफिट बढ्ने हो । कर्जा उठ्यो भने बैंकको नाफा अझ बढ्छ । अहिले बजारमा आएका कुरा सबै अतिरञ्जित मात्रै हो। ‘एकाध लोनमा समस्या आयो भन्दैमा सबै लोन डुब्दैन’, उनले भने ‘इकोनोमी राम्रो भयो भने सबै ठिक हुन्छ र हल्ला पनि हुँदैन । नियत गलत राख्नेसँग हामी जुध्न चाहदैनौ पनि ।’

‘गत वर्ष बैंकले लोनको प्रोभिजन गर्दा डेभिडेन्ट बाड्न सकेनौ । त्यो सत्य हो । बाँकी इन्डिकेटर असाध्यै राम्रो छ । हामीसँग आम सर्वसाधारणको निक्षेप नै ३३४ अर्ब रुपैयाँ छ । २९४ अर्ब कर्जा प्रवाह भएको छ । सीडी रेसियो ८४ प्रतिशतमा छ भने लिक्युडिटी २९ प्रतिशतको हाराहारीमा छ । बैंकमा कुनै समस्या छैन’, उनले हाम्रो प्रश्नको उत्तरमा भने ।

अहिले बैकिङ क्षेत्रमाथि नै प्रहार भइरहेको छ । वित्तीय क्षेत्रलाईनै अप्ठ्यारो अवस्थामा पार्न खोजिएको छ । इकोनोमनी बाहिरको क्राइसिस बैंकमा देखिएको छ । इकोनोमी बिग्रिएको अवस्थामा बैंकमा डिफल्ट बढ्नु स्वभाविक हो ।
इकोनोमी राम्रो भएपछि लोनहरू डुब्ने सम्भावना नै हुँदैन । बजार चलायमान हुन थालेपछि कर्जा उठ्न थालिहाल्छ । यी सबै कुरामा सुधार हुन इकोनोमी राम्रो हुुनुपर्ने सीईओ खनालको भनाइ छ ।

कुनै लोन आज बिगिएको छ भने पनि भोलि राम्रो भएपछि उठन थालिहाल्छ । कहिले पनि लोन शतप्रतिशत डुब्ने सम्भावना नै हुँदैन । बैंकको कुल कर्जामा करिब ५ प्रतिशत प्राजेक्ट फाइनान्सिङ हो । यस्तो लोन पनि सबै अप्ठ्यारोमा छैनन् ।

प्रोजेक्ट फाइनान्सिङमा एक दुईवटा कर्जा मात्रै एनपीएलभित्र पर्ने हुन् । हाइड्रोलाई दिएको लोन पनि प्रोजेक्ट फाइनान्सिङ हो । हाइड्रोलाई दिएको लोन खोलालाई नै दिएको हो । हाइड्रोमा यदि बैंकहरूले लगानी नगरेका भए अहिले जलविद्युतमा नेपालले यो फडको मार्न पनि सक्ने थिएन । हामी १८ घण्टा लोडसेडिङ भोगेर आएका हौ । बैंकहरूले हाइड्रोमा लगानी गरेर नै यो सफलता प्राप्त भएको हो ।

हाइड्रोमा गर्ने लगानी भनेको खोला छेउमा भएको जग्गालाई हेरेर नै हो । खोला छेउको जग्गााको भ्यालुले हाइड्रोको लोन त कभर गर्दैन । प्रोजेक्ट आफै चाहिँ लानेको आधार हो ।

मर्जरमा गएर नै समस्या होइन, यो मर्जरको समस्या भन्दा पनि इकोनोमीको समस्या हो । बजारमा कहिले काहि नेगेटिभ कुराहरू चलिरहेको हुन्छ । त्यो विषयले अहिले प्रशय पाएको हो । हामीसँग राम्रा प्रडक्टहरू छन् । परिवार बचत खातामामात्रै हामीसँग १० औं अर्ब पैसा छ । बैंक अप्ठ्यारोमा नभएको इकोनोमी सहज हुँदा साथ बैंकका इन्डिकेटर अझ राम्रा बन्ने सीईओ खनालले बताए ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स