कृषि विकास बैंकद्वारा विद्यार्थीसँग बैंक कार्यक्रम सञ्चालन

काठमाडौं । कृषि विकास बैंक लि. द्वारा धनुषाको यदुकुहामा विद्यार्थी सँग बैंक कार्यक्रम सञ्चालन गरिएको छ । बैंकको मधेश प्रदेश कार्यालय जनकपुरधामको आयोजनामा शहीदनगर न.पा.–३ स्थित जनता एकता प्राविधिक माध्यमिक विद्यालयमा बुधवार विद्यार्थीसँग बैंक कार्यक्रम सञ्चालन भएको हो ।

ग्लोबल मनि वीकको अवसर पारेर बैंकद्वारा आयोजित कार्यक्रममा विद्यालयको कक्षा ११ र १२ मा अध्ययनरत व्यवस्थापन संकाय तर्फका विद्यार्थीहरु र सोही विद्यालयका शिक्षकहरुको सहभागितामा उक्त कार्यक्रम आयोजना गरिएको कार्यालयका सूचना अधिकारी जयराम शर्माले जानकारी दिए ।

बैंकका मधेश प्रदेश निर्देशक तिलक प्रधानको अध्यक्षता रहेको उक्त कार्यक्रमको प्रमुख अतिथीको रुपमा बैंकका उपमहाप्रबन्धक डा.बाबुकाजी थापा रहेका थिए । करिब ९० जनाको सहभागिता रहेको उक्त कार्यक्रममा विद्यालयका प्रधानाध्यापक प्रदीप साह, व्यवस्थापन संकायका संयोजक गजेन्द्र यादव, बैंकका कर्मचारीहरु महेश साह, रामसेवक साह, संजीवयादव,स्थानीय अगुवा कृषक कन्हैया प्रसाद मुखिया लगायत विद्यालयका शिक्षकहरुको समेत उपस्थिति रहेको थियो ।

कार्यक्रममा प्रशिक्षण गर्दै उपमहाप्रबन्धक डा.थापाले बालबालिकाहरुले बेलैमा बचत गर्ने बानीको विकास, पुँजीको संकलन, रकमको सदुपयोग जस्ता विषयमा ध्यान दिनुपर्ने बताए । आर्थिक अवस्था सुदृढ गर्न घर मुलि, परिवारको सदस्य सबैको भूमिकाहुने भएको हुँदा आम्दानीको बढी अंश उत्पादन मूलक क्षेत्रमा खर्च लगाउनुपर्नेमा जोड दिए ।

सोही कार्यक्रममा प्रशिक्षण दिदै उपमहाप्रबन्धक डा.थापाले सहभागि विद्यार्थीहरुलाई बैंकिङ प्रणाली, कृषि विकास बैंकमा उपलब्ध डिजिटल प्रोडक्टहरु, पैसा राख्ने तरिका, सफा नोट जस्ता विषयमा जानकारी गराए । कार्यक्रमको अन्त्यतिर सञ्चालित अन्तरक्रियात्मक कक्षाका क्रममा सहभागि विद्यार्थीहरुबाट कृषि विकास बैंक तथा डिजिटल प्रोडक्ट सम्बन्धमा व्यक्त भएका विभिन्न जिज्ञासाहरुको विषयमा जवाफ पनि दिए ।

बचत, बचतको सदुपयोग, पैसाको सुरक्षा, डिजिटल प्रोडक्टका विशेषताहरु विषयमा छोटो समयमा सहजतरिकाले जानकारी पाईएको हुँदा कार्यक्रम निकै उपलब्धि मूलक भएको सहभागि मध्ये कक्षा ११ की छात्रा पूनम यादवले प्रतिक्रया व्यक्त गरे । त्यस्तै यस्ता कार्यक्रम समय समयमा आयोजना भएमा हामी व्यवस्थापन संकायका विद्यार्थीहरुलाई निकै फाइदा हुने भन्दै यदुकुहामा कार्यक्रम आयोजना भएकोमा अर्का विद्यार्थी गंगा यादवले खुशि व्यक्त गरे ।

नेपाल राष्ट्र बैंकको आह्वानमा यस वर्ष मार्च १८ देखि मार्च २४ लाईू ‘प्रोटेक्ट योर मनि, प्रोटेक्ट योर फ्यूचर’ नारा सहित ग्लोबल मनि वीकको रुपमा मनाइदैछ । कार्यक्रममा समापनमनतव्य राख्दै निर्देशक प्रधानले कृषि विकास बैंकले समय समयमा यस्तो वित्तीय साक्षरताका कार्यक्रमहरु आयोजना गरिरहने बताए । ‘सम्पूर्ण बैंकिङ सुविधा सहितको तपाई हाम्रो घर आँगनको बैंक’का रुपमा परिचित कृषि विकास बैंक लि, ग्रामिण जनताको पहिलो रोजाईको बैंक भएको दाबी समेत उनले गरे । कार्यक्रम सञ्चालन बैंकको प्रदेश कार्यालयका कानून अधिकृत राजकिशोर मेहताले गरेका थिए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स