वाणिज्य बैंकहरूले कर्मचारी बोनसका लागि छुट्याए सवा ५ अर्बभन्दा बढी, नबिल फष्ट हुँदा ग्लोबल दोस्रो नम्बरमा

काठमाडौं । देशमा संचालित २० वाणिज्य बैंकले कर्मचारीका लागि ५ अर्ब ३० करोड ३० लाख रुपैयाँ कर्मचारी बोनसका लागि छुट्याएका छन् । बैंकहरूले चालु आर्थिक वर्षको माघ मसान्तासम्म कर्मचारीको बोनसको लागि उक्त रकम छुट्याएका हुन् ।

बोनस ऐनअन्तर्गत रोजगारदाता प्रतिष्ठानले कुन नाफाको १० प्रतिशत बोनस कर्मचारीलाई दिनुपर्ने प्रावधान छ । उक्त प्रावधान अनुसार बैंकहरूले कर्मचारीलाई बोनस वितरण गर्छन् ।

साउनदेखि माघ मसान्तसम्म कर्मचारीलाई सबैभन्दा बढि बोनस दिने पहिलो नम्बरमा नबिल बैक बनेको छ भने दोस्रो नम्बरमा ग्लोबल आइएमई बैंक र तेस्रो नम्बरमा प्राइम कमर्शियल बैंकर बनेकोे छ । सोही अवधिमा नेपाल बैंकले भने कर्मचारीहरूको बोनसको लागि८५ लाख रुपैयाँ मात्रै छुट्याएको छ ।

यो अवधिमा कर्मचारीहरूको लागि नबिल बैंकले सबैभन्दा बढि ६ करोड २६ लाख रुपैयाँ बोनसका रुपमा कर्मचारीलाई खर्च गर्ने भएको छ । त्यसैगरि सोही ग्लोबल आइएमई बैंकले ४ करोड १५ लाख र प्राइम बैंकले ४ करोड ४ लाख रुपैयाँ खर्च गर्ने भएको छ ।

त्यसैगरि साउनदेखि माघ मसान्तसम्म कर्मचरीहरूका लागि राष्ट्रिय वाणिज्य बैंकले २ करोड १ लाख, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ३ करोड ७८ लाख, स्ट्रयाण्डर्ड चाटर्ड बैंकले ३ करोड ८ लाख, हिमालयन बैंकले २ करोड ९४ लाख र नेपाल एसबीआई बैंकले १ करोड ३८ लाख रुपैयाँ कर्मचारी बोनसको लागि छुट्याएका छन् ।

समीक्षा अवधिमा एभरेष्ट बैंकले ३ करोड १५ लाख, एनआईसी एसिया बैंकले ३ करोड ४० लाख, माछापुच्छ्रे बैंकले १ करोड ७१ लाख, कुमारी बैंकले २ करोड २९ लाख, लक्ष्मी बैंकले २ करोड २३ लाख, सिद्धार्थ बैंकले २ करोड २६ लाख, कृषि विकास बैंकले १ करोड १४ लाख, सिटिजन्स बैंकले १ करोड ५८ लाख, एनएमबी बैंकले २ करोड ६० लाख रुपैयाँ कर्मचारीको लागि खर्च गर्न छुट्याएर राखेका छन् ।

त्यसैगरी प्रभु बैंकले कर्मचारीको लागि १ करोड ९२ लाख रुपैयाँ खर्च गर्ने भएको छ भने सानिमा बैंकले २ करोड १६ लाख रुपैयाँ बोनस खर्च गर्ने भएको छ ।

कुन बैंकको बोनस कति ?

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स