भारतमा काम गर्ने नेपालीले अब सिधै नेपालको बैंक खातामा पैसा पठाउन सकिने

काठमाडौं । भारतबाट नेपालको बैंकको खातामा अब सिधै पैसा पठाउन सकिने भएको छ । शुक्रबार नेपाल राष्ट बैंकले इन्डो-नेपाल रेमिट्यान्स फ्यासिलिटी स्कीम अन्तर्गत एक परिपत्र जारी गर्दै यस्तो व्यवस्था गरेको हो ।

भारतबाट नेपालमा रेमिट्यान्स भित्र्याउने प्रयोजनको लागि नेपाल राष्ट्र बैंक र भारतीय रिजर्व बैंकको सम्झौताअनुसार नेपाली नागरिकले भारतीय बैंक तथा वित्तीय संस्थामा खोलेको बैंक खाता आवद्ध विद्युतीय बैंकिङ (इ(बैंकिङ), अन्तरबैंक भुक्तानी, मोबाइल बैंकिङ र क्यूआर कोडमार्फत् राष्ट्रिय भुक्तानी स्वीचको माध्यमबाट नेपाली वाणिज्य बैंक तथा राष्ट्रिय स्तरका विकास बैंकमा खोलिएको व्यक्तिगत खातामा प्राप्त हुने गरी पैसा पठाउने सक्नेछन् ।

यस्तै, नेपालमा काम गर्ने भारतीय कामदारले भारतीय बैंक तथा वित्तीय संस्थामा खोलिएको व्यक्तिगत खातामा प्रति दिन १५ हजार र प्रतिमहिना एक लाख रुपैयाँ भारतीय रुपैयाँ जम्मा हुने गरी पारिश्रमिक बापतको सटही प्रदान गर्न सक्ने व्यवस्था गरिएको छ ।

यस्तो सटही सुविधामा राष्ट्र बैंकको निर्देशन अनुसार स्वेदशमा खोलिने परिवत्र्य विदेशी मुद्रा खाता र सञ्चालन सम्बन्धी व्यवस्था पालना गरेको हुनुपर्नेछ । यस्तै विदेशमा विदेशी मुद्राको खाता खोल्ने र सञ्चालन गर्ने सम्बन्धी राष्ट्र बैंकले तोकेको सर्त पूरा भएको हुनुपर्ने राष्ट्र बैंकले जनाएको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स