काठमाडौं । ग्लोबल आईएमई बैंकका अध्यक्ष चन्द्र प्रसाद ढकालले ग्लोबल आईएमई बैंकलाई विश्वका उत्कृष्ट हजार बैंकको सूचीमा पार्ने अठोट गरेका छन् । नेपालको बैंकिङ प्रणालीमा ग्लोबल आईएमई बैंक पहिल्लो समय स्थापना भएपनि नम्बर वान बैंक बनेको भन्दै अध्यक्ष ढकालले विश्वका हजार बैंकको सूचीमा पर्न गाह्रो नभएको बताएका हुन् ।
‘यो मलाई खास ठूलो कुरा हो जस्तो लाग्दैन किनभने क्यापिटल साइजको हिसाबले जुन बैंकको हामी वास्तावमा एक दुई वर्ष इन्भेष्ट नै नगरी क्यास डिभिडेण्ट नलिने हो भने हामी पुर्याइ हाल्छौं’, उनले भने ‘हामी विश्वको ‘टप ठाउजेन बैंक’ को लिष्टमा ग्लोबल आईएमई बैंक पुर्याउने नै हो, त्यो भइहाल्छ । त्यसमा त्यति धेरै ठूलो मेहनत गर्नु नपर्ने,केहि मेहनत गरेर केहि वर्षको नगद लाभांशमात्रै वितरण नगरेपनि बैंक सो सूचीमा पर्छ ।’
बैकले गत आवको नाफाबाट सेयरधनीलाई ८ प्रतिशत नगर लाभांश र एक प्रतिशत बोनस गरी जम्मा ९ प्रतिशत लाभांश वितरण गरेको छ भने गत आवमा अघिल्लो आवको नाफाबाट १०.६ प्रतिशत नगद लाभांश र ३ प्रतिशत बोनस गरी १३.६ प्रतिशत लाभांश वितरण को छ ।
उनले भनेका छन्–‘नेपालको बैकिङ प्रणालीमा अन्य बैंकको तुलनामा धेरै पछि स्थापना भएको बैंक हो, ग्लोबल आईएमइ बैंक । बैंक अहिले एक नम्बरमा छ भने अलिकति मेहनत गर्न सकियो भने विश्वमा उत्कृष्ट बैंक भनेर चिनाउन सकिन्छ नै हो, त्यो पुग्छ पनि ।’
पहिला म एक बैंकमा सबै भन्दा जुनियार कर्मचारीको रुपमा काम गथ्र्ये । त्यतिबेला कम्प्युटर भर्खर भर्खर सुरु भएको थियो । म्यानुयल्ली काम हुन्थ्यो । डाटाहरू पेन्डिङ भइरहन्थ्यो । तर, म चाहिँ अफिस टाइम सकिएपछि पनि बसेर पेन्डिङ रहेका कामहरू सक्ने गर्थे ।’
कतिपय साथीहरूले तलब बराबरी खानी हो काम चाहिँ किन बढी गर्ने भन्नु हुन्थ्यो । तर मैले काम गर्नु पर्छ भनेर संस्थाप्रति इमान्दार भएर काम गरे । संस्था प्रति सबै कर्मचारीले इमान्दार भएर काम गरेन त्यो बैंकको प्रफमेन्स देखिने हो ।
ग्लोबल बैंकले ‘बैंक फर अल’ भनेर सुरुदेखि नैे नारा राखेका र्छौ । एकदम सानो डिपोजिटरदेखि ठूला डिपोजिटरसम्म र सानो एसएमई व्यवसायदेखि कर्पोरेट लेवलसम्म सबैका लागि बैंक भन्ने हिसाबले हामीले काम गरिरहेका छौं । अब आउने दिनमा फरक ढंगबाट जानु पर्ने बाध्यता बैंकहरूलाई छ । नयाँ प्रविधि डिजिटलाइजको कुराहरू भइरहेका छन् । त्यसलाई हामीले प्रथामिकता दिइरहेका र्छौ ।
नेकवर्कको हिसाबले नेपालको सबै जिल्लाहरूमा ग्लोबल बैंक स्थापना भइसकेको छ । कमर्शियल बैंकहरूले दिने ‘वल्र्ड क्याल’ को सेवा सुविधा दिने हिसाबले ग्लोबल आईएमई बैंक अघि बढेको छ । ग्राहकहरूले महशुस गर्ने हिसाबले हामीले सेवा दिन चाहिरहेका र्छौ । चुस्त र सहज सेवा दिने हिसाबले हामी अगाडी बढिरहेका छौं ।
केन्द्रिय बैंक र सरकारको तर्फबाट पनि बैंक तथा वितिय संस्थाहरूलाई मर्जर गराउर्नु पर्छ भन्ने पोलिसी आयो । पाँच ओटा कमर्शियल बैंक १० वाट विकास बैंक र ६ वटा फाइनान्स कम्पनी सहितको २१ ओटा बैंक तथा वित्तिय संस्थाहरूको एउटा कन्सुलेन्ट बैंकको रुपमा ग्लोबल आईएमइ बैंक रहेको छ । बैंकको साइज बढ्दा स्वभाविक रुपमा बैंकको सर्भिस वा क्वालिटीको हिसाबले ठूलो र गुणस्तरीय सेवा दिने बैंक बनेको छ ।
नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार बैंकले ७ महिनामा २ अर्ब ६८ करोड २९ लाख रुपैयाँ नाफा कमाएको छ भने सरकारलाई एक अर्ब ५ करोड ६० लाख रुपैयाँ आयकर तिरेको छ । हाल बैंकमा ४ खर्ब ६८ अर्ब ८६ करोड रुपैयाँ डिपोजिट रहेको छ भने बैंकले ३ अर्ब ८८ अर्ब ४६ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । बैंकको गैर बैंकिङ सम्पत्तिमात्रै २ अर्ब १८ करोड रुपैयाँ रहेको छ ।
चालु आवको यो अवधिसम्म कुल क्यापिटल फण्ड १९ अर्ब ९८ करोड रहेको छ । बैंकको सीसीएआर सहज अवस्था छ । राष्ट्र बैंकले भने जस्तो २०८१ असार मसान्तसम्म ९ प्रतिशत पु्ँजीकोष पुर्याउन बैंकलाई कुनै समस्या छैन । चालु आवको दोस्रो त्रैमाससम्म बैंकको सीसीएआर ९.८५ प्रतिशत रहेको छ । बैंकको एनपीएल अलि माथि रहेपनि नेट एनपीएल भने १.८८ प्रतिशतमात्रै रहेको छ ।
बैंकले प्राथमिकता प्राप्त क्षेत्रहरूमध्ये कृषि क्षेत्रमा १२.१३ प्रतिशत, जलविद्युत तथा ऊर्जा क्षेत्रमा ७ प्रतिशत र लघु घरेलु , साना तथा मझौला उद्यममा बैंकको कुल ८.३९ प्रतिशत लगानी रहेको छ । ऊर्जा क्षेत्रमा बैंकको लगानी राम्रो देखिएपनि अन्य दुई क्षेत्रमा भने बैंकले कर्जा लगानी बढाउनु पर्ने देखिएको छ