नबिल बैंकले ५ अर्ब रुपैयाँ बराबरको अग्राधिकार सेयर निष्काशन गर्ने

काठमाडौं । नबिल बैंकले ५ अर्ब रुपैयाँ बराबरको अग्राधिकार सेयर निष्काशन गर्ने भएको छ।

बिहिबार बसेको बैंकको सञ्चालक समितिको बैठकले नेपाल राष्ट्र बैंकको स्वीकृति पाएको खण्डमा ५ अर्ब रुपैयाँबराबरको अग्राधिकार सेयर बिक्री गर्ने निर्णय गरेको हो ।

बैंकले ८ प्रतिशत लाभांश दर कायम गरी अग्राधिकार सेयर बिक्री गर्नेछ । राष्ट्र बैंकले स्वीकृति दिए मुनाफा भएको वर्षमात्र लाभांश वितरण गर्ने र सेयरको रकम फिर्ता नहुने प्रकृतिको अग्राधिकार सेयर प्राइभेट प्लेसमेन्ट गरी बिक्री गर्ने निर्णय बैठकले गरेको छ।

यस्तै, ८ वर्षे अवधिको ८ प्रतिशत ब्याजदर भएको ‘८ प्रतिशत नबिल डिबेन्चर २०८९’ पनि जारी गर्ने निर्णय सञ्चालक समितिबाट पारित भएको बैंकले जनाएको छ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स