माछापुच्छ्रे बैंकले पोखरामा हालै उद्घाटन भएका विगमार्टमा १० प्रतिशत छुट दिने

काठमाडौं । माछापुच्छ्रे बैंकले पोखरामा हालै उद्घाटन भएका वीगमार्ट सुपर मार्केटहरुमा १० प्रतिशत छुट दिने भएको छ । बैंकका ग्राहकले डेविट अथवा क्रेडिट कार्डको माध्यमबाट गरेका कारोबारमा उक्त छुट बैंकले प्रदान गर्न लागेको हो ।

बैंकले ग्राहकले डेविट कार्ड मार्फत कारोबार गरेको खण्डमा प्रति व्यक्ति १०% वा बढिमा २०० रूपैयाँ सम्म क्यासब्याक तथा क्रेडिट कार्ड मार्फत कारोबार गरेको खण्डमा अधिकतम २०० रूपैयाँ सम्म छुट पाउने व्यवस्था गरेको हो । यो क्यासब्याक वीगमार्टका निम्न शाखामा उपलव्ध छ, रामबजार, पस्र्याङ, बगर, शितलादेवी, र फूलबारी ।

माछापुच्छ्रे बैंकले देशभर रहेका विभिन्न संघसंस्था तथा व्यापार व्यवसाय सँग व्यवसायिक सम्झौता गरि आफ्ना ग्राहकहरुलाई आकर्षक छुट प्रदान गर्दै आईरहेको छ । यस प्रकारको सम्झौताले गर्दा ग्राहकहरुलाई सुविधा लगायत व्यापार व्यवसाय तथा पर्यटन प्रवद्र्वनमा सघाउ पुग्दै आईरहेको छ ।

साथै बैंकले अर्थतन्त्रमा प्रत्यक्ष योगदान पुर्याउने उद्धेश्यका साथ ग्रीन बैंकिङलाई प्राथमिकतामा राखेर आफ्ना नवीनतम डिजिटल उत्पादन तथा सेवाहरू संचालन गरिरहेको छ ।

 

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स