लक्ष्मी सनराइज बैंकले पनि घटायो ब्याजदर

काठमाडौं । लक्ष्मी सनराइज बैंकले चैत १ गतेदेखि लागू हुने गरी चैत महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेको छ ।

बैंकले साधारण बचत खातामा न्यूनतम ३.५० प्रतिशतदेखि अधिकतम ५.४० प्रतिशत ब्याजदर र रेमिट्यान्स खातामा ६.५० प्रतिशत ब्याजदर तोकेको छ । बैकले फागुनमा साधारण बचतमा न्यूनतम ४ प्रतिशतदेखि ६ प्रतिशत र रेमिट्यान्स खातामा ७ प्रतिशत ब्याजदर तोकेको थियो ।

बैंकले मुद्दति निक्षेपमा संस्थागततर्फ ६.५० प्रतिशत र व्यक्तिगततर्फ ७.५० प्रतिशत ब्याजदर तोकेको छ । बैंकले रेमिट्यान्स मुद्दतीमा भने ८.५० प्रतिशत ब्याजदर निर्धारण गरेको छ । बैंकले फागुनमा संस्थागततर्फ ६.५० प्रतिशत र व्यक्तिगततर्फ ८ प्रतिशत ब्याजदर निर्धारण गरेको थियो ।

बैंकका अनुसार कर्जा प्रवाह गर्दा भने आधारदरमा अधिकतम ४ प्रतिशतसम्म प्रिमियम तोक्नेछ । बैंकका अनुसार आधार दर ९.९९ प्रतिशत र स्प्रेडदर ४.४० प्रतिशत छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स