वाणिज्य बैंकहरुले चैत महिनाका लागि सार्वजनिक गरे नयाँ ब्याजदर, कसको कति ?

काठमाडौं । वाणिज्य बैंकहरुले चैत महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । चैत महिनाका लागि कुनै बैंकले ब्याजदर घटाएका छन् भने कुनै बैंकले बढाएका छन् । कुनै बैंकले भने फागुन महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् ।

एनआईशी एशिया बैंकले मुद्दती निक्षेपको ब्याजदर बढाएको छ भने प्रभु बैंक र ग्लोबल आइएमई बैंकले भने फागुन महिनाको ब्याजदरलाई नै निरन्तरता दिएका छन् ।

अधिकांश बैंकहरूले मुद्दती निक्षेपको ब्याजदर घटाएका छन् । पछिल्लो समय तरलता सहज हुँदै गएपछि निरन्तर ब्याजदर घटाउँदै आएका वाणिज्य बैंकहरूले चैतमा पनि घटाएका हुन् ।

नेपाल राष्ट्र बैंकले मुद्दती निक्षेपमा संस्थागत र व्यक्तिगतको अन्तर १ प्रतिशत हुने व्यवस्था गरेपछि केही बैंकको संस्थागततर्फको ब्याजदर भने बढेको छ ।

बैंकहरूले सार्वजनिक गरेको ब्याजदर अनुसार मुद्दती निक्षेपमा औसत व्यक्तिगततर्फ ०.५० प्रतिशत घटेको देखिन्छ भने संस्थागततर्फ भने ०.२८ प्रतिशतले ब्याजदर बढेको छ ।

नबिल बैंकले चैत महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ७.२५ प्रतिशत र संस्थागततर्फ ६.२५ प्रतिशत ब्याजदर कायम गरेको छ । बैंकले फागुन महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ७.७५ प्रतिशत र संस्थागततर्फ ५.७५ प्रतिशत ब्याजदर कायम गरेको थियो ।

कृषि विकास बैंक लिमिटेडले व्यक्तिगततर्फको अधिकतम ब्याजदर ६.६६६१ प्रतिशत कायम गरेको छ भने संस्थागत मुद्दती निक्षेपमा अधिकतम ब्याजदर ४.५१०० प्रतिशत कायम गरेको छ । फागुन महिनाका लागि यो संस्थागततर्फ बैंकको अधिकतम ब्याजदर ४.९४३० प्रतिशत र व्यक्तिगततर्फ ७.४४३० प्रतिशत रहेको थियो ।

एनआईशी एशिया बैंकले चैत महिनाका लागि व्यक्तिगत र संस्थागत मुद्दती निक्षेपको ब्याजदर बढाएको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर ८.५४८ प्रतिशत र अधिकतम ६ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । फागुन महिनामा व्यक्तिगत निक्षेपतर्फ अधिकतम ८ प्रतिशत र संस्थागततर्फ अधिकतम ६ प्रतिशत ब्याजदर प्रदान गरेको थियो ।

नेपाल बैंक लिमिटेडले चैत महिनाका लागि व्यक्तिगततर्फ अधिकतम ७.२५ प्रतिशत र संस्थागततर्फ अधिकतम ५ प्रतिशत ब्याजदरको व्यवस्था गरेको छ । फागुन महिनामा बैंकले व्यक्तिगततर्फ अधिकतम ७.२५ प्रतिशत ब्याजदर प्रदान गरेको थियो ।

कुमारी बैंकले चैत महिनाका लागि व्यक्तिगत मुद्दतीतर्फ अधिकतम ७.५१ प्रतिशत र संस्थागतर्फ ६.५१ प्रतिशत ब्याजदर तोकेको छ । फागुन महिनाका लागि भने बैंकले व्यक्तिगततर्फ अधिकतम ८.०१ प्रतिशत र संस्थागततर्फ ६.०१ प्रतिशत ब्याजदर तोकेको थियो ।

स्ट्याण्डर्ड चाटर्ड बैंकले चैत महिनाका व्यक्तिगततर्फ अधिकतम ७ प्रतिशत र संस्थागततर्फ ५.२५ प्रतिशत ब्याजदर तोकेको छ । फागुन महिनामा भने बैंकले व्यक्तिगततर्फ अधिकतम ७.३५ प्रतिशत र संस्थागततर्फ ५.२५ प्रतिशत ब्याजदर तोकेका थियो ।

प्रभु बैंकले फागुन महिनाकै ब्याजदरलाई निरन्तरता दिएको छ । जसअनुसार व्यक्तिगततर्फ अधिकतम ७.५ र संस्थागतर्फ भने ६.५ प्रतिशत ब्याजदर निर्धारण गरिएको छ ।

एभरेष्ट बैंकले चैत महिनाका लागि व्यक्तिगततर्फ ६.५ र संस्थागततर्फ अधिकतम ५.५ प्रतिशत ब्याजदर तोकेको छ । फागुन महिनाका लागि भने बैंकले व्यक्तिगततर्फ ८ र संस्थागततर्फ ६ प्रतिशत अधिकतम ब्याजदर तोकेको थियो ।

एनएमबी बैंकले चैत महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ७ प्रतिशत र संस्थागततर्फ ६ प्रतिशत ब्याजदर तोकेको छ । बैंकले फागुन महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ८.५ प्रतिशत र संस्थागततर्फ ६.५ प्रतिशत ब्याजदर तोकेको थियो ।

लक्ष्मी सनराइज बैंकले चैत महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ७.५ प्रतिशत र संस्थागततर्फ ६.५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । अघिल्लो महिना बैंकको व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ८ प्रतिशत र संस्थागततर्फ ६ प्रतिशत ब्याजदर रहेको थियो ।

हिमालयन बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ७.५ प्रतिशत र संस्थागततर्फ ६ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । फागुन महिनामा बैंकको व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ८.१५ प्रतिशत र संस्थागततर्फ ६.१५ प्रतिशत ब्याजदर रहेको थियो ।

ग्लोबल आइएमई बैंक ले चैत महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ७.६ प्रतिशत र संस्थागततर्फ ६.६ प्रतिशत ब्याजदर कायम भएको छ । जुन फागुन महिना कै ब्याजदर हो ।

सिटिजन्स इन्टरनेशनल बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ७.७५ प्रतिशत र संस्थागततर्फ ६.१५ प्रतिशत ब्याजदर तोकेको छ । फागुन महिनामा व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ८.२५ प्रतिशत र संस्थागततर्फ ६.१५ प्रतिशत ब्याजदर रहेको थियो ।

राष्ट्रिय वाणिज्य बैंकले चैत महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ७ प्रतिशत र संस्थागततर्फ ५.३५ प्रतिशत ब्याजदर तोकेको छ । फागुन महिनाका लागि भने बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ७.३५ प्रतिशत र संस्थागततर्फ ५.३५ प्रतिशत ब्याजदर तोकेको थियो ।

सानिमा बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ७.२५ प्रतिशत र संस्थागततर्फ ६.२५ प्रतिशत ब्याजदर कायम गरेको छ । जुन अघिल्लो महिना ७.५१ र ५.५१ प्रतिशत रहेको थियो ।

प्राइम कमर्सियल बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ७.२५ प्रतिशत र संस्थागततर्फ ६.२५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । फागुन महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ७.४ प्रतिशत र संस्थागततर्फ ५.४ प्रतिशत ब्याजदर रहेको थियो ।

माछापुच्छ्रे बैंकले चैत महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ७.७५ प्रतिशत र संस्थागततर्फ ६ प्रतिशत ब्याजदर रहेको छ । बैंकले फागुनमा व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ८ प्रतिशत र संस्थागततर्फ ६ प्रतिशत ब्याजदर तोकेको थियो ।

नेपाल एसबीआई बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ७.०१ प्रतिशत र संस्थागततर्फ ६.०१ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । फागुन महिनाका लागि भने बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ८.१ प्रतिशत र संस्थागततर्फ ६।१ प्रतिशत ब्याजदर कायम गरेको थियो ।

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ७ प्रतिशत र संस्थागततर्फ ६ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । जुन फागुन महिनामा व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ८ प्रतिशत र संस्थागततर्फ ६ प्रतिशत रहेको थियो ।

सिद्धार्थ बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ७.५ प्रतिशत र संस्थागततर्फ ६.५ प्रतिशत ब्याजदर तोकेको छ । फागुन महिनाका लागि भने व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ८ प्रतिशत र संस्थागततर्फ ६ प्रतिशत ब्याजदर कायम थियो ।

 

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स