काठमाडौं । नेपाल बैंक लिमिटेडले चैत महिनाका लागि ब्याजदर घटाएर सार्वजनिक गरेको छ । बैंकले चैत १ गतेदेखि लागू हुने चैत महिनाका लागि ब्याजदर घटाएर सार्वजनिक गरेको हो ।
बैंकले साधारण बचत खातामा न्यूनतम ३.४० प्रतिशतदेखि अधिकतम ५.४० प्रतिशत र रेमिट्यान्स खातामा ६.४० प्रतिशत ब्याजदर तोकेको छ । बैंकले यसअघि फागुनमा साधारण बचतमा न्यूनतम ३.५० प्रतिशतदेखि अधिकतम ५.५० प्रतिशत र रेमिट्यान्स खातामा ६.५० प्रतिशत ब्याजदर तोकेको थियो ।
बैंकले मुद्दति निक्षेपमा संस्थागततर्फ ५ प्रतिशत र व्यक्तिगततर्फ ७ प्रतिशत ब्याजदर तोकेको छ । बैंकले रेमिट्यान्स मुद्दतीमा भने ८ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । बैंकले यसअघि फागुनमा संस्थागततर्फ ५.७५ प्रतिशत र व्यक्तिगततर्फ ७.७५ प्रतिशत ब्याजदर निर्धारण गरेको थियो ।
बैंकले कर्जा प्रवाह गर्दा भने आधारदरमा अधिकतम ५ प्रतिशतसम्म प्रिमियम तोक्नेछ । बैंकका अनुसार आधार दर ८.५७ प्रतिशत र स्प्रेडदर ३.९० प्रतिशत रहेको छ ।