कृषि विकास बैंकले चैत महिनाका लागि घटायो ब्याजदर

काठमाडौं । कृषि विकास बैंकले ब्याजदर घटाएको छ । बैंकले चैत १ गतेदेखि लागू हुने गरी चैत महिनाका लागि ब्याजदर घटाएको हो ।

बैंकले चैत महिनाका लागि सार्वजनिक गरेको ब्याजदर अनुसार साधारण बचत खातामा भने स्थिर राख्दै न्यूनतम ३ प्रतिशतदेखि अधिकतम ४.७६ प्रतिशत ब्याजदर तोकेको छ । बैंकले रेमिट्यान्स खातामा भने ५.७६ प्रतिशत ब्याजदर प्रदान गर्नेछ ।

बैंकले मुद्दति निक्षेपमा संस्थागततर्फ ४.५१ प्रतिशत, व्यक्तिगततर्फ ५.६६६१ प्रतिशत र रेमिट्यान्स मुद्दतीमा ६.६६६१ प्रतिशत ब्याजदर तोकेको छ । बैंकले यसअघि फागुनमा संस्थागततर्फ ४.९४३ प्रतिशत र व्यक्तिगततर्फ ६.४४३ प्रतिशत ब्याजदर निर्धारण गरेको थियो ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स