उन्नति सहकार्य लघुवित्तको बोनस घोषणा

काठमाडौं । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाले सेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको छ ।

वित्तीय संस्थाको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट लाभांश दिने प्रस्ताव गरेको हो ।

वित्तीय संस्थाले लगानीकर्तालाई ३२ प्रतिशत बोनस दिने प्रस्ताव गरेको छ । वित्तीय संस्थाको चुक्ता पुँजी १७ करोड ६१ लाख ६९ हजार ७०६.३८ रुपैयाँ छ । सेयरधनीहरलाई ५ करोड ३३ लाख ७४ हजार ३०६.०४ रुपैया बराबरको बोनस सेयर वितरण गरिनेछ ।

कम्पनीको उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्विकृति र वित्तीय संस्थाको आगामी बार्षिक साधारण सभाबाट पारित भए पश्चात् लगानीकर्तामा वितरण हुनेछ ।

[embeddoc url=”https://hamroartha.com/wp-content/uploads/2021/10/cf8609ea58837ac997d1ccd7ddfacde7.pdf”]

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स