भोलि प्रभु बैंकको मोबाइल बैंकिङ सेवा अवरुद्ध हुने, यस्तो छ कारण

काठमाडौं । भोलि प्रभु बैंक लिमिटेडको मोबाइल बैंकिङ सेवा अवरुद्ध हुने भएको छ ।

बैंकले एक सूचना जारी गर्दै फागुन २९ गते मंगलबारका दिन बिहान ६ बजेदेखि अपरान्ह १२ बजेसम्म मोबाइल बैंकिङ सेवा अस्थायी रुपमा बन्द रहने जनाएको हो ।

बैंकको मोबाइल बैंकिङको मर्मत सम्भारका लागि उक्त दिन मोबाइल बैंकिङ सेवा अवरुद्ध हुने बैंकले जनाएको हो ।

यसबाट ग्राहक वर्गमा पर्ने असुविधाका लागि बैंकले क्षमायाचना गरेको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स