सिटिजन्स बैंकले ९.९९ प्रतिशत व्याजदरमा घर कर्जा दिने

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले ९.९९ प्रतिशतमा घर कर्जा योजना सार्वजनिक गरेको छ ।

बैंकले आफ्ना ग्राहकहरुलाई उत्कृष्ट बैंकिङ सेवा सुबिधाहरु प्रदान गर्ने क्रममा ुसपनाको घरलाई दिनुहोस आकार, सिटिजन्स घर कर्जाले पार्नेछ सपना साकारु भन्ने नाराका साथ ७ वर्षको लागी स्थिर रहने गरि उक्त योजना सार्वजनिक गरेको हो ।

७ वर्ष पछि भने बैंकको प्रचलित औसत मासिक आधार दर भन्दा १५ बढी को प्रिमियम दर लागु हुनेछ । कर्जा रकमको ०.५० प्रतिशत व्यवस्थापन शुल्क लाग्नेछ ।

घर कर्जा अन्तर्गतका अन्य सुविधामा निःशुल्क क्रेडिट कार्ड , डेविट कार्ड र पहिलो वर्षको लागि लकर सुविधा शुल्कमा ५० प्रतिशत शर्तसहितको छुट रहेको छ ।

सिटिजन्स बैंक इन्टरनेसनलले देशैभरी फैलिएका आफ्ना १९० वटा शाखा, १५२ वटा ए.टि.एम. र ९७ वटा शाखा रहित बैंकिङ ईकाईहरुबाट १७ लाख २६ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स