काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्ना गा्रहकहरुलाई उत्कृष्ट बैंकिङ सेवा सुबिधाहरु पस्कने क्रममा फोनपे नेटवर्क सँगको सहकार्यमा क्रसबोर्डर व्यवसायिक भुक्तानी सेवा सुरुवात गरेको छ ।
यस सेवाअन्तर्गत पहिलो चरणमा सिटिजन्स बैंक मार्फत क्यू.आर भुक्तानी सेवा लिएका व्यवसायहरुमा कारोवार गर्दा भारतीय एप मार्फत भुक्तनी गर्न सकिने छ ।
हाललाई यस्तो सेवा भारतीय एप भिम र फोनपे एपमार्फत नेपाल स्थित सिटिजन्स बैंकका फोन पे क्यू.आर.मार्फत गर्न सकिने भएता पनि भविष्यमा बैंकको मोबाइल बैंकिङ एपमार्फत भारतमा समेत कारोबार गर्न मिल्ने व्यवस्था गर्न लागिएको छ । यसका साथै सिटिजन्स बैंककै मोबाइल बैकिंङ प्रयोग गरि भारतमा र भारतबाट सिटिजन्स बैंकका खातामा समेत रकमान्तर गर्न मिल्ने गरि कार्य भइरहेको बैंकले जनाएको छ ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १९० वटा शाखा, १५२ वटा ए.टि.एम. र ९७ वटा शाखा रहित बैंकिङ ईकाईहरुबाट १७ लाख २६ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ ।