बैंकरमाथिको धरपकड रोक्न बैंकर्स संघले दवाब अभियान थाल्ने

काठमाडौं । नेपाल बैंकर्स संघले बैंकरमाथिको धरपकड रोक्न दवाब अभियान थाल्ने भएको छ । आज बसेको
बैंकर्स संघको पूर्ण बैठकले सो निर्णय गरेको हो ।

बैठकमा २० वटै वाणिज्य बैंकका सीईओहरुको सहभागिता रहेको थियो । बैठकले पछिल्लो समय प्रभु बैंकमा गरेको धरपकडको विषयमाथि छलफल भएको थियो । बैठकले कमसल धितोमा ऋण दिएको भन्दै सीआईबीको धरपकडको निन्दा गरेको छ ।

बैठकले संघ नेतृत्वले सीआईबी प्रमुख, राष्ट्र बैंक गभर्नर र गृहमन्त्रीलाई आजै भेट्ने निर्णय गरेको छ । सुरुमा सीआईबी प्रमुखलाई भेटेर उनीहरु गभर्नरलाई भेट्न बालुवाटार जाने र आजै गृहमन्त्री नारायण काजी श्रेष्ठलाई पनि कार्यक्रम रहेको छ ।

सीआईबीले प्रभु बैंकका डेपुटी सीईओ मनोज न्यौपानेसहित ११ जना पक्राउ गरेपछि बैंकर्स संघको पूर्ण बैठकले उनीहरुलाई तत्काल रिहा नगरे पेन डाउन गर्ने चेतावनी सहित दवाब अभियान थाल्ने निर्णय गरेका हुन् ।

मंगलबार सीआईबीले प्रभु बैंकका डेपुटी सीईओ मनोज न्यौपाने, सेञ्चुरी बैंकका पूर्वसीईओ तुल्सीराम गौतम, सबिना श्रेष्ठ, अनुपमा श्रेष्ठ, सुनिल बस्नेत, सन्ध्या श्रेष्ठ, सभाष श्रेष्ठ, दिलिप बराल, दीपेश प्रधान, राजेश भण्डारी र रमण श्रेष्ठलाई नियन्त्रणमा लिएको थियो ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स