बैकिङ क्षेत्रप्रति भ्रम फैलिएका बेला सरकारबाट कुनै सपोर्ट भएन :अध्यक्ष केसी

काठमाडौं । नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले बैकिङ क्षेत्रप्रति भ्रम फैलिएका बेला सरकारबाट कुनै सपोर्ट नभएको बताएका छन् । सोमबार नेपाल बैंकर्स संघले आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष केसीले सो कुरा बताएका हुन् ।

‘बैंकिङ क्षेत्रमा सुरक्षा चुनौती थपिएको जनाउँदै सरकारबाट सकारात्मक सहयोग आवश्यक रहेको छ ।’ उनले भने, बैकिङ क्षेत्रप्रति भ्रम फैलिएका बेला सरकारबाट सकारात्मक सन्देश प्रवाह गर्न कुनै सपोर्ट हुन सकेको छैन।’

उनले बैकहरुको आम्दानी घट्दै गएकाले लगानीकर्तालाई समस्या भएको बताए । उनले बैंकहरुको वितरणयोग्य नाफा नेगेटिभ हुनु बैंकिङ क्षेत्रकै चुनौती रहेको बताए । उनले भने, ‘बैंकहरुको आम्दानी घट्दो छ, यसले सेयर होल्डरलाई समस्या भएको छ । वितरणयोग्य नाफा नेगेटिभ हुँदै जानु बैंकिङ क्षेत्रलाई च्यालेन्ज भएको छ ।’

उनले बैंकहरु माथी सर्वत्र आक्रमण हुनु दुःखद भएको, बैंकहरुको आरओई १० प्रतिशत भन्दा कम भैसकेकोले बैकिङ चुनौतीमा रहेको बताए । बैंकहरुको वितरण योग्य नाफा नेगेटिभ रहेको र त्यो अझै घट्ने बताए । उनले बैंकहरुको ब्याजदर निकै घटेकाले अब अर्थतन्त्रमा सुधार आउनु पर्ने बताए ।

पछिल्लो समय ब्याजदर घट्दै गएको उनले बताए । ब्याजदर घट्दै गएपछि बैंकहरको आधार दर पनि घट्दो क्रममा रहेको अध्यक्ष केसीले बताए ।

ब्याजदर घट्दै गएपनि कर्जा लगानी विस्तार भने सुस्त रहेको उनको भनाई छ । गत वर्षहरुको तुलनामा कर्जा प्रवाह नभएको केसीले बताए । उनले भने, ‘अहिले कर्जा प्रवाह सोचे जस्तो भएको छैन । गत वर्ष ३ प्रतिशत रहेकोमा अहिले ४ प्रतिशत छ । तर, सोचेजति भएन । ‘ हाल ब्रान्चलेस बैंकिङ पनि घट्दो अवस्थामा रहेको उनको भनाई छ ।

नेपाली बैंकिङ क्षेत्रको कुल निष्कृय कर्जा केही बढे पनि खुद निष्कृय कर्जा करिब १ प्रतिशत मात्रै रहेको केसीले बताए । ‘खुद तरल सम्पत्ति २९ प्रतिशत छ । पछिल्लो ४ वर्षदेखि लगातार रिटर्न अन इक्विटी घटेर पछिल्लो त्रैमासमा १० प्रतिशत भन्दा तल करिब ९ प्रतिशत छ’ उनले भने । हाल बैंकको वितरणयोग्य मुनाफा ऋणात्मक रहेको र आगामी दुई त्रैमासमा अझै बढ्न सक्ने उनको भनाइ छ । ‘बैंकहरुको जोखिम प्रोभिजन बढेको छ, जुन आवश्यक पनि छ’ उनले भने ।

मुद्रास्फीति घट्दो अवस्थामा रहेकोले अब स्थीर अवस्थामा जान सक्ने उनको भनाई छ ।

‘सरकारको पुँजीगत खर्च बढ्न नसक्दा समस्या छ, रेमिट्यान्स बढ्दै गइरहेको छ, वैदेशिक व्यापार पनि बढ्दो छ, माग कमले केही समस्या छ,’ उनले भने ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स