काठमाडौं । प्रभु बैंकले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक सेयरधनीको नाममा रहेको ७ लाख ५३ हजार ८९२ कित्ता सेयर बिक्रीमा ल्याएको हो ।
उक्त सेयरमा बैंकका विद्यमान संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् । बैंकले सेयरको भाउ भने तोकेको छैन ।
सेयर खरिद गर्न चाहने इच्छुक संस्थापकले आज (फागुन ११ गते) बाट ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय बवरमहल, काठमाडौंमा निवेदन पेश गर्नु पर्नेछ ।
बैंकले उक्त समयमा संस्थापक सेयरधनीको आवेदन नपरेमा अन्य व्यक्ति वा संस्थालाई पनि सेयर बिक्री गरिने जनाएको छ ।