गणपति लघुवित्तको लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्थाको लाभांश घोषणा भएको छ । वित्तीय संस्थाको कार्तिक १० गते (बुधबार) बसेको सञ्चालक समितिको ८७ औ बैठकले २०७७/७८ को नाफाबाट सेयरधनीहरुलाई लाभांश दिने प्रस्ताव गरेको हो ।

वित्तीय संस्थाले २० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । जसमा बोनस सेयर १९ प्रतिशत र कर प्रयोजनका लागि १ प्रतिशत नगद लाभांश रहेको छ । वित्तीय संस्थाको चुक्ता पुँजी १२ करोड ७३ लाख ५६ हजार ७५० रुपैयाँ छ ।

उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृती र वित्तीय संस्थाको वार्षिक साधारण सभाले पारित गरेपछि सेयरधनीहरुलाई वितरण गरिनेछ ।

[embeddoc url=”https://hamroartha.com/wp-content/uploads/2021/10/44244d3f11e3932571b50164da619e25.pdf”]

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स