२० प्रतिशत बोनस सेयर दिने मिर्मिरे लघुवित्तको नाफा ६ करोड ३७ लाख

काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म ६ करोड ३७ लाख ६१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १९३.३३ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले २ करोड १७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

यो अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै लघुवित्तको खुद नाफा बढ्न पुगेको हो । समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ११५.७१ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा १९३.३३ प्रतिशत बढेको छ ।

समीक्षा अवधिमा लघुवित्तको चुक्ता पूँजी ८.१३ प्रतिशत बढेको छ भने जगेडा कोष १७०.७६ प्रतिशत बढेको छ । लघुवित्तको सापटी ९२.७३ प्रतिशत र निक्षेप ३७.०८ प्रतिशत बढेको छ भने कर्जा ७४.५० प्रतिशत बढेको छ ।

नाफासँगै लघुवित्तको प्रतिसेयर आम्दानी पनि बढेको छ । समीक्षा अवधिमा लघुवित्तको प्रतिसेयर आम्दानी २१ रुपैयाँ ६१ पैसाबाट ३७ रुपैयाँ १ पैसा बढेर ५८ रुपैयाँ ६२ पैसा पुगेको छ । असोज मसान्तसम्ममा लघुवित्तको प्रतिसेयर नेटवर्थ १९४ रुपैयाँ ६५ पैसा रहेको छ ।

गत आर्थिक वर्षको मुनाफाबाट लघुवित्तले २० प्रतिशत बोनस सेयर दिने भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स