काठमाडौं । एनआईसी एशिया बैंकको स्वतन्त्र सञ्चालकमा विजया स्वार नियुक्त भएकी छिन् ।
बैंकको कार्तिक १० गते बसेको सञ्चालक समितिको ५१२ औं बैठकले स्वारलाई स्वतन्त्र सञ्चालक बनाउने निर्णय गरेको हो ।
स्वारलाई बैंकको स्वतन्त्र सञ्चालकका रुपमा ४ वर्षका लागि नियुक्त गरिएको छ ।