काठमाडौं । कृषि विकास बैंक लिमिटेडले विभिन्न पदका लागि ११२ जनाका लागि दरखास्त आह्वान गरेको छ । बैंकले एक सूचना जारी गर्दै खुला तथा समावेशी प्रतियोगिताद्वारा रिक्त रहेको पदपूर्तिका लागि कर्मचारी दरखास्त आह्वान गरेको हो ।
बैंकले शाखा प्रमुखदेखि लिएर लेखापालसम्मका लागि कर्मचारी माग गरेको छ । बैंकले शाखा प्रमुखका लागि २ जना, वरिष्ठ लेखा अधिकृत २ जना, व्यवसाय अधिकृत ३२ जना, कम्प्युटर अधिकृत २ जना, इन्जिनियर (आईटी)१ जना, कर्जा अधिकृत ६ जना, व्यवसाय सहायक १६ जना, कानून सहायक १ जना, कर्जा सहायक ३ जना, ओभरसियर १ जना र लेखापाल ४६ जना गरी कुल ११२ जना कर्मचारी माग गरेको छ ।
तोकिएको योग्यता पुगेका इच्छुुक नागरिकले आवश्यक कागजातसहित चैत्र १ गतेसम्म र दोब्बर दस्तुर तिरी चैत्र ८ गतेसम्म आवेदन दिन सक्ने छन् ।
इच्छुुक नागरिकले फागुन ११ गतेदेखि बैंकको अनलाइनमार्फत आवेदन दिन सकिने बैंकले जनाएको छ । आवेदकले अनलाइनमार्फ दरखास्त फाराम भरी आवेदन गरेपछि परीक्षा दस्तुरवापतको रकम एडीबीएल बैंकिङ मोबाइल,कनेक्ट आईपीएस,ई–सेवा वा खल्ती डिजिटल वालेटमार्फत अनलाइन भुक्तानी गर्न सकिनेछ ।