गरिमा क्यापिटलमा सित्तैमा डिम्याट र मेरोसेयरको खाता खोल्न सकिने

काठमाडौं । गरिमा क्यापिटल लिमिटेडले सित्तैमा डिम्याट र मेरोसेयरको खाता खोल्न सकिने योजना ल्याएको छ । यस योजनाअन्तर्गत नेपाली नागरिकहरूले २०८१ साल असार मसान्तसम्म सित्तैमा डिम्याट र मेरोसेयरको खाता खोल्न सक्ने क्यापिटलले जनाएको छ ।

ग्राहकहरुले यो सुविधा कमलपोखरी काठमाडौंस्थित गरिमा क्यापिटलको केन्द्रीय कार्यालय,गरिमा विकास बैंकका देशैभरका सम्पूर्ण शाखा कार्यालयहरु, रिलायन्स फाइनान्स लिमिटेडका देशैभरका सम्पूर्ण शाखा कार्यालयहरु र गरिमा क्यापिटल लिमिटेडको वेवसाईट www.garimacapital.com/मार्फत बिना झन्झट घरमै बसी खाता खोल्न सक्ने क्यापिटलले जनाएको छ ।

यो सुविधा लिनको लागी घरमै बसी https://demat.garimacapital.com/#/register लिंकमा गई सिधै ‘सित्तैमा’ डिम्याट र मेरोसेयर खाता खोल्न सकिने छ । साथै, यस सम्बन्धी थप जानकारीको लागि कार्यालयको ल्याण्डलाईन नं. ०१४५२९१४९/५०, ४५१६६९१ र मोबाईल नम्बर ९८४७३७९१०८ भाइबर ह्वाट्स एपमा समेत सोझै सम्पर्क गर्न सकिनेछ । अथवा क्यापिटलको सामाजिक सञ्जालहरु जस्तैः फेसबुक, इस्ट्रागाम मार्फत जानकारी लिन पनि सकिनेछ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स