चैत १ गतेदेखि व्यक्तिगतभन्दा संस्थागत मुद्दती निक्षेपको ब्याज एक प्रतिशतले कम हुनुपर्ने

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले व्यक्तिगत निक्षेपकर्तालाई दिनेभन्दा संस्थागत निक्षेपकर्तालाई १ प्रतिशतभन्दा कम मात्रै ब्याज दिनुपर्ने भएको छ ।

राष्ट्र बैंकले आज एक निर्देशन जारी गर्दै राष्ट्र बैंकबाट इजाजतपत्रप्राप्त (क), (ख), (ग) वर्गका बैंक तथा वित्तीय संस्थाहरुलाई जारी गरिएको एकीकृत निर्देशन, २०८० मा संशोधन/परिमार्जन गरी सो व्यवस्था गरेको हो।

अब बैंक तथा वित्तीय संस्थाले २०८० चैत १ देखि लागू हुने गरी संस्थागत मुद्दती निक्षेपमा प्रदान गर्ने अधिकतम ब्याजदर सर्वसाधारणलाई मुद्दती निक्षेपमा प्रदान गर्ने अधिकतम ब्याजदरभन्दा कम्तीमा १ प्रतिशत विन्दुले कम गर्नुपर्नेछ।

राष्ट्र बैंकले मौद्रिक नीतिको दोस्रो त्रैमासिक समीक्षा मार्फत संस्थागत मुद्दती निक्षेप (बोलकबोलसमेत) मा प्रदान गरिने अधिकतम ब्याजदर सर्वसाधारणलाई मुद्दती निक्षेपमा प्रदान गरिने अधिकतम ब्याजदरभन्दा कम्तीमा १ प्रतिशत बिन्दुले कम हुनुपर्ने व्यवस्था गरेको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स